X Sharama Funecure

राजनीति

    Showing ४०१-४१० of ५०१ items.
  • प्रदेश २ को नामकरणसम्बन्धी चार प्रस्ताव पेस

    जनकपुर,पुष ८ गते – प्रदेश २ को प्रदेशसभा बैठकमा नामकरणका लागि चारवटा प्रस्ताव पेस भएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा  ‘मधेस प्रदेश’, ‘जानकी’,  ‘मध्यमधेस’ र ‘मिथिला भोजपुरा’ गरी चारवटा नामका लागि प्रस्ताव पेस भएका हुन्।  सत्तारुढ दल जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले अलगअलग रुपमा ‘मधेस प्रदेश’ नाम प्रस्ताव गरेका छन् भने यसमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ। जसपाका तर्फबाट प्रमुख सचेतक शैलेन्द्र यादवले नामकरण प्रस्ताव पेस गरेका हुन्। प्रस्तावमा लोसपाका तर्फबाट प्रदेश सांसद रानी शर्मा तिवारीले समर्थन गरेकी हुन्। यस्तै माओवादी के

    • प्रकाशित मितिः पुस ८, २०७८
    • १७५ पटक पढिएको
  • प्रदेश २ को नाम र राजधानीका लागि लोसपाको वार्ता टोली

    सिरहा,पुष ७ गते – प्रदेश २ को नाम र राजधानीका लागि विभिन्न दलसँग वार्ता गर्न लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले संसदीय वार्ता टोली गठन गरेको छ । प्रदेशसभा सदस्य रानीशर्मा तिवारीको संयोजकत्वमा प्रदेशको नाम ‘मधेश’ प्रदेश र राजधानी जनकपुरधामका लागि ७ सदस्यीय वार्ता टोली गठन गरिएको लोसपा संसदीय दलले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।वार्ताटोलीको सदस्यमा प्रदेशसभा सदस्यहरु परमेश्वर साह, जयनूल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रहलाद गिरी रहेका छन् । संसदीय दलका नेता जितेन्द्र सोनलद्वारा जारी विज्ञप्तिमा प्रदेशसभामा प्रस्तुत हुने नाम र राजधानीबारे प्रदेशको नाम मधेश र राजधानी

    • प्रकाशित मितिः पुस ७, २०७८
    • १६६ पटक पढिएको
  • अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०२१

    सिरहा,पुष  ३ गते – धनुषाको सहिद नगरपालिकाको यदुकहामा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको छ । बहुउद्देश्य सहकारी संस्था लिमिटेड यदुकहाले भव्ताका साथ अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ मनाइएको हो । बैदेशिक रोजगारीको सिलसिलामा प्रवासमा रहेकाहरुको सम्झना स्वरुप मैनबत्ती बालेर दिवस मनाइएको हो विवेक यादवको अध्यक्षता तथा सहिद नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया यादवले वैदेशिक रोजगारलाई सुरक्षित ,मरियादित बनाउन परिवार र रोजगारीमा गएका व्यक्तिको महत्वपुर्ण भूमिका रहेको बताए । उनले अब आफनैं स्वदेशमा रोजगारीका लागी यस नगरपालिकाले कार्य थालनी गरिसकसेको जानकारी गराए । चाडै ने नगरपालिक

    • प्रकाशित मितिः पुस ३, २०७८
    • १३१ पटक पढिएको
  • कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी

    काठमाडौं,पुष ३ गते – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन् । कांग्रेस महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य प्रदेश नम्बर २ ९महिला० पदमा उनी विजयी भएकी हुन् । उनी शेरबहादुर देउवा समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन्।उनले शेखर कोइराला समूहकी गीता चौधरीलाई पराजित गर्दै जित सुनिश्चित गरेकी हुन्। चित्रलेखाले २७३१ मत पाउँदा चौधरीले १८८५ मत प्राप्त गरिन् । शनिबार मतगणना भएको हो।केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित

    • प्रकाशित मितिः पुस ३, २०७८
    • १४२ पटक पढिएको
  • एमाले प्रदेश २ को अध्यक्षमा यादव

    सिरहा,पुष २ गते –नेकपा एमाले प्रदेश २ को अध्यक्षको जिम्मेवारी रामऔतार यादवले पाएका छन् । यादव सिरहाको सुखिपुर नगरपालिकाका मेयर हुन् ।एमाले केन्द्रीय कमिटीको निर्णय अनुसार प्रदेश अध्यक्षमा यादवले जिम्मेवारी पाएका छन् । जिल्लाको राजनीतिमा सक्रिय यादव प्रदेश अध्यक्ष बनेपछि अब प्रदेशको राजनीति गर्ने बुझिएको छ । प्रदेशको उपाध्यक्षमा रेबती पन्त सर्लाही, सचिवमा डा। कृष्ण पौडेल (बारा) चयन भएका छन् । प्रदेश उपसचिवमा फरमुद नदाफ (धनुषा) र आरती भण्डारी (रौतहट) चयन भएकी छन् 

    • प्रकाशित मितिः पुस २, २०७८
    • २६० पटक पढिएको
  • गाउँपालिकाको बेथितिविरुद्ध आन्दोलित युवकले अनसन तोडे

    वीरगञ्ज,पुष २ गते – गाउँपालिकाको वेथितिविरुद्ध आमरण अनसन बसेका पटेर्वासुगौली–२, पर्साका २६ वर्षीय रामजनम ओझैलाले अनसन तोडेका छन् । माग पूरा गर्ने निर्णय भएपछि ११ औं दिनमा उनले अनसन तोडेका हुन् । त्यसअघि उनी ५ दिन धर्नामा बसेका थिए ।क्षेत्राधिकार भित्र रहेको र गाउँपालिकाले पूरा गर्र्न सक्ने मागहरु गाउँपालिकाले नै पूरा गर्ने र बाँकी माग पूरा गराउन पहल गर्ने आश्वासन पाएपछि अनसन तोडेको ओझैयाले बताए । ‘सामुदायिक विद्यालयले चन्दाको नाममा लिएको शुल्क १० दिनभित्र फिर्ता गर्ने, कृषिको आधुनिकीकरणका लागि धान रोप्ने, गहुँ रोप्ने र माटो बराबर गर्ने तीन थान मेसिन खरिद गर्ने सहमति भएको छ,’ उनले भने ‘माग पुरा

    • प्रकाशित मितिः पुस २, २०७८
    • १२७ पटक पढिएको
  • एमसीसी बोर्ड बैठकमा नेपालबारे समीक्षा

    काठमाडौं,पुष १ गते – अमेरिकी अनुदान सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बोर्ड बैठकमा नेपालको हालसम्मको प्रगतिबारे समीक्षा भएको छ ।बुधबार बसेको एमसीसीको बोर्ड बैठकमा एमसीसी(नेपाल कम्प्याक्टको हालसम्मको प्रगतिबारे छलफल भएको थियो । त्रैमासिक बोर्ड बैठकपछि जारी विज्ञप्तिमा नेपालको समीक्षा गर्दै निकट भविष्यमा ५ सय मिलियन अमेरिकी डलर अनुदान सहयोगलाई अनुमोदन गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई ध्यानमा राखेको उल्लेख छ 

    • प्रकाशित मितिः पुस १, २०७८
    • ११२ पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको सूचना आज प्रकाशित हुँदै

    सिरहा,पुष १ गते – राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनको तयारी तीव्र तुल्याइएको छ ।आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने निर्वाचनमा भाग चाहने राजनीतिक दललाई दल दर्ता गर्न निर्वाचन आयोगले बिहीबार सूचना प्रकाशित गर्दैछ । उक्त निर्वाचनका सन्दर्भमा यसअघि नै निर्वाचन कार्यक्रम र कार्यतालिका प्रकाशित भइसकेको छ । निर्वाचन कार्यतालिका र कार्यक्रमअनुसार आन्तरिक तयारी कार्य तीव्ररुपमा अघि बढिरहेको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए । राजनीतिक दल दर्ताका लागि आगामी पुस १ देखि १० गतेसम्मको समय उपलब्ध हुने जानकारी दिएको छ । राष्ट्रियसभाका सदस्यमध्ये फागुन २० गते पद

    • प्रकाशित मितिः पुस १, २०७८
    • ११५ पटक पढिएको
  • दुई मतले हारेपछि पुनः गणनाको माग

    काठमाडौं,पुस १ गते ।  विजयकुमार गच्छदारले नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका निर्वाचन समिति गुहारेका छन् ।बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए ।गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् । कांग्रेसमा महामन्त्रीको दुई सिट छ । पूर्णबहादुर खड्का पनि विजयी भएका छन् ।

    • प्रकाशित मितिः पुस १, २०७८
    • ११३ पटक पढिएको
  • प्रदेश २ को बैठक आज : प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश हुने

    सिरहा,मंसिर २९ गते – प्रदेश नं २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बुधबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका छन्। उनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाएको प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई जानकारी गराइसकिएको र बैठकको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए। उनका अनुसार बुधबार बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौं अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश हुने र केही अध्यादेशमाथि पनि छलफल हु

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • १२१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२