काठमाडौं,पुष १ गते – अमेरिकी अनुदान सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बोर्ड बैठकमा नेपालको हालसम्मको प्रगतिबारे समीक्षा भएको छ ।
बुधबार बसेको एमसीसीको बोर्ड बैठकमा एमसीसी(नेपाल कम्प्याक्टको हालसम्मको प्रगतिबारे छलफल भएको थियो । त्रैमासिक बोर्ड बैठकपछि जारी विज्ञप्तिमा नेपालको समीक्षा गर्दै निकट भविष्यमा ५ सय मिलियन अमेरिकी डलर अनुदान सहयोगलाई अनुमोदन गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई ध्यानमा राखेको उल्लेख छ




















