सिरहा,पुष २ गते –नेकपा एमाले प्रदेश २ को अध्यक्षको जिम्मेवारी रामऔतार यादवले पाएका छन् । यादव सिरहाको सुखिपुर नगरपालिकाका मेयर हुन् ।
एमाले केन्द्रीय कमिटीको निर्णय अनुसार प्रदेश अध्यक्षमा यादवले जिम्मेवारी पाएका छन् । जिल्लाको राजनीतिमा सक्रिय यादव प्रदेश अध्यक्ष बनेपछि अब प्रदेशको राजनीति गर्ने बुझिएको छ । प्रदेशको उपाध्यक्षमा रेबती पन्त सर्लाही, सचिवमा डा। कृष्ण पौडेल (बारा) चयन भएका छन् । प्रदेश उपसचिवमा फरमुद नदाफ (धनुषा) र आरती भण्डारी (रौतहट) चयन भएकी छन्




















