X Sharama Funecure

राजनीति

    Showing ३९१-४०० of ५०१ items.
  • सातबुँदे माग पूरा नभए अनशन बस्ने डा। केसीको चेतावनी

    काठमाडौं,पुष ११ गते – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले धरानस्थित बीपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न माग गरेका छन् ।डा. केसलीले विज्ञप्ति निकालेर सरकारसँग सातबुँदे माग अगाडि सारेका हुन् । बीपी प्रतिष्ठानका भ्रष्ट पदाधिकारीहरूलाई बर्खास्त गरेर कारबाही गर्ने, सार्वजनिक पदमा हुने स्वार्थको द्वन्द्व रोक्न कानुन बनाउने तथा विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड बनाउनेजस्ता दीर्घकालीन सुधारका कामहरू गर्ने प्रधानमन्त्री देउवाका प्रतिबद्धताहरू पूरा नहुँदा सुधार र सुशासनको प्रक्रिया नै अवरुद्ध भएको छ,’ उनले विज्ञप्तिमा भनेका छन् ।सातबुँदे माग पूरा न

    • प्रकाशित मितिः पुस ११, २०७८
    • १४५ पटक पढिएको
  • जनमतका कार्यकर्ता र प्रहरीबीच झडप

    सिरहा,पुष ११ गते – आमहड्तालको उल्लंघन गरेको भन्दै पूर्व(पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार र मिर्चैयामा जनमत पार्टीका कार्यकर्ताहरुले दर्जनौं गाडी तोडफोड गरेका छन् ।मिर्चैया र गोलबजारमा बन्दकर्ता जनमतका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले कैयौं सेल आश्रुग्यास समेत प्रहार गरेका छन् । यद्दपी प्रहरी राजमार्ग खुलाउन सकेका छैन । औरही गाँउपालिकाले दिएको झुठो मुद्दामा प्रहरीले किसानलाई पक्राउ गरेपछि जनमत पार्टीले आज सिरहा जिल्ला आमहड्ताल गरेको हो ।

    • प्रकाशित मितिः पुस ११, २०७८
    • २२० पटक पढिएको
  • सिके राउतका कार्यकर्ताद्वारा गाडीहरु तोडफोड

    सिरहा,पुष ११ गते – सिराहामा सिके राउतका कार्यकर्ताहरुले सवारी साधनहरू तोडफोड गरेका छन् । बन्द उल्लंघन गरेको आरोपमा उनीहरूले मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन् ।एसपी हिरा पाण्डेका अनुसार मिर्चैयामा सीके राउतका कार्यकर्ताहरूले चार(पाँच वटा गाडीहरूको सिसा फुटाएका छन् । प्रहरी नभएको मौकामा उनीहरूले गाडीमा तोडफोड गरेको पाण्डेले बताए । ‘चार(पाँच वटा गाडीहरू तोडफोड भएका छन्, सडक बन्द गर्न भने दिएका छैनौं, लामो र छोटो दुरीका गाडीहरू चलिरहेका छन्,’ एसपी पाण्डेले भने । बल प्रयोग गरेर प्रहरीले बाटो खुलाएको उनले बताए ।औरही गाउँपालिकाबाट किसानहरूले गहुँको बिउ लुटेर लगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ

    • प्रकाशित मितिः पुस ११, २०७८
    • २३९ पटक पढिएको
  • ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्न राष्ट्रपतिको आग्रह

    काठमाडौं, पुष ११ गते –  राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा नीहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गर्नुभएको छ ।प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारी साधनमा सिट आरक्षण, सवारी भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्नेलगायतका सार्वजनिक सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्थासमेतको प्रभाव

    • प्रकाशित मितिः पुस ११, २०७८
    • १०७ पटक पढिएको
  • महाधिवेशन प्रतिनिधिले खाना र बासको व्यवस्था आफैं मिलाउनु पर्ने

    काठमाडौंपुष ११ गते – नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले महाधिवेशन अवधिभर खाना र बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने भएको छ । खाजाको प्रवन्ध भने पार्टीले नै मिलाउने महाधिवेशन मूल व्यवस्थापन समिति आयोजक हिमाल शर्माले जानकारी दिए । उनले भने, ‘प्रतिनिधिहरुले खाने, बस्ने व्यवस्था आफन्त, साथिभाइ र जनताको घरमा आफैं मिलाउनुपर्छ । खाजाचाहिं पार्टीले खुवाउँछ ।’ महाधिवेशनको व्यवस्थापनमा खटिएका एक नेताका अनुसार खाजाको रुपमा मासु, चिउरा, पनिर लगायतका मेनु तयार पारिएको छ । यद्यपि सकेसम्म हरेक दिन मेनु फरक(फरक बनाउने तयारी छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट माओवादी प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । महाधि

    • प्रकाशित मितिः पुस ११, २०७८
    • १३४ पटक पढिएको
  • वैशाख १४ मा स्थानीय तहको निर्वाचन गर्ने

    सिरहा,पुष १० गते – निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ ।  आयोगले एकैपटक निर्वाचन गर्न सरकार समक्ष प्रस्ताव गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगका पदाधिकारीहरुले स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको हो ।  छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरेका हुन् ।खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता हुने, समग्र निर्वाचन व्यवस्थापनमा सहजता हुने र मतदाता शिक्षा सामग्रीहरुमा एकरुपता हुनुका साथै एक ठाउँको निर्वाचन परिणामले अर

    • प्रकाशित मितिः पुस १०, २०७८
    • १३५ पटक पढिएको
  • किसानलाई पक्राउ गरेको विरोधमा पालिका कार्यालयमा तालाबन्दी

    सिरहा,पुष ९ गते – किसानलाई पक्राउ गरेको विरोधमा सिरहाको औरही गाँउपालिकाका किसानहरुले पालिका कार्यालयमा तालाबन्दी गरेका छन् । गहुँ बीउ लुटेको आरोपमा स्थानीय मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेको र अरुलाई पनि प्रहरी पक्राउ गर्न गाउँ पसेको भन्दै किसानहरुले गाउँ पालिका कार्यालयमा ताला लगाएका हुन् ।तीन दिन अगाडी गाउँ पालिकाले भण्डारणगरी राखेको साढे तीन सय ५० बोरा गहुँको बीउ लुटेका थिए । गाउँ पालिकाले बीउ लुटेको आरोपमा कडहरबाका यादवलाई प्रहरीले पक्राउ गरी लगेको स्थानीय युवा दिपेन्द्र यादवले जानकारी दिए । यादवले पक्राउ परेका किसानलाई तत्काल रिहा नगरे अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । उनी जनमत

    • प्रकाशित मितिः पुस ९, २०७८
    • ३१९ पटक पढिएको
  • ५ सय सम्ममा पदाधिकारीहरुको मतपरिणाम

    सिरहा,पुष  ९ – नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट पहिलो प्रादेशिक कार्यसमिति चयनका लागि जनकपुरधाममा भएको मतदानको मतपरिणाम । पाँच सय मतपत्र गन्ती हुँदा सम्म उपसभापती, महामन्त्री, सहमहामन्त्री खुल्ला र महिला तर्फ गरि विभिन्न पदका उम्मेदवारहरुले तपसील बमोजिमको मत ल्याएका छन् ।उपसभापतीचन्द्रशेखर यादव २४१धनलाल ठोकर १८२बिनोद कुमार खनाल १८७बिरेन्द्र प्रसाद सिंह २८१रामआधार प्रसाद यादव २८महामन्त्रीउपेद्र कुमार यादव २६१नरेश कुमार यादव २१३बिनोद चौधरी ५५बृहस्पति कृष्ण श्रेष्ठ २०५हरेश प्रसाद महतो १९०सहमहामन्त्री खुल्लाअरबिन्द अमात्य ५७जय नारायण प्रसाद यादव २३८नारायण चौधरी १६५परशुराम चौधरी २३

    • प्रकाशित मितिः पुस ९, २०७८
    • १४६ पटक पढिएको
  • काँग्रेस प्रदेश २ सभापतिमा यादव विजयी

    सिरहा,पुष ९ गते – नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्णा राय यादव विजयी भएका छन् । उनले १४१ मतान्तरले प्रदेश मन्त्री रामसरोज यादवलाई पराजित गरेका हुन् ।रौतहटका कृष्णाले ९९६ मत ल्याएर निर्वाचित भएको बुझिएको छ । प्रतिस्पर्धी प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव भने ८८५ मत मात्र पाएका छन् । प्रदेश सभापतिमा विजयी कृष्णा शेरबहादुर देउवा समूहका हुन् । पराजीत भएका रामसरोज बिमलेन्द्र निधी र शेखर कोइराला समूहका उम्मेदवार थिए

    • प्रकाशित मितिः पुस ९, २०७८
    • १७६ पटक पढिएको
  • नेपाल(भारत सुरक्षा अधिकारीको बैठक स् सीमामा परिचयपत्र निगरानी कडाइ गर्नुपर्ने प्रस्ताव

    दार्चुला,पुष ९ गते – भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बसेको छ। सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच बिहीबार समन्वयात्मक बैठक बसेको हो।जोलजीविस्थित सीमा सुरक्षा बल ९एसएसबी० को क्याम्पमा भएको बैठकमा सातवटा एजेण्डामा छलफल भएको छ। त्यसअनुसार बैठकको पहिलो एजेण्डा नेपाल–भारत प्रवेश गर्नेहरुको परिचयपत्र पहिचान गर्नुपर्ने राखिएको छ। तेस्रो मुलुकका नागरिक भित्रिएरनभित्रिएको जानकारीका लागि दुवै देशका सुरक्षा निकायले सीमामा परिचयपत्र निगरानीमा कडाइ गर्नुपर्ने प्रस्ताव गरिएको छ।सीमा पुल खोल्ने विषयमा दुवै देशका सुरक्षा निक

    • प्रकाशित मितिः पुस ९, २०७८
    • १४७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२