काठमाडौं, पुष ११ गते – नेकपा ९माओवादी केन्द्र०को आठौं महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित हुनुभएको छ ।
काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित प्रमुख दलका शीर्ष नेताले शुभकामना दिने कार्यक्रम रहेको छ । माओवादीको महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री देउवा भर्खरै समारोहस्थलमा पुग्नुभएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासँगै शीर्ष दलका प्रमुख नेताले सम्बोधन गर्दै हुनुहुन्छ ।
उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासँगै नेकपा ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाको तर्फबाट दुर्गा पौडेल, जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री कुन्ती शाही उपस्थित भइसक्नुभएको छ । अन्य नेता उपस्थित हुनेक्रम जारी रहेको छ




















