सिरहा,पुष ११ गते – आमहड्तालको उल्लंघन गरेको भन्दै पूर्व(पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार र मिर्चैयामा जनमत पार्टीका कार्यकर्ताहरुले दर्जनौं गाडी तोडफोड गरेका छन् ।
मिर्चैया र गोलबजारमा बन्दकर्ता जनमतका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले कैयौं सेल आश्रुग्यास समेत प्रहार गरेका छन् । यद्दपी प्रहरी राजमार्ग खुलाउन सकेका छैन । औरही गाँउपालिकाले दिएको झुठो मुद्दामा प्रहरीले किसानलाई पक्राउ गरेपछि जनमत पार्टीले आज सिरहा जिल्ला आमहड्ताल गरेको हो ।




















