सिरहा,पुष ११ गते – सिराहामा सिके राउतका कार्यकर्ताहरुले सवारी साधनहरू तोडफोड गरेका छन् । बन्द उल्लंघन गरेको आरोपमा उनीहरूले मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन् ।
एसपी हिरा पाण्डेका अनुसार मिर्चैयामा सीके राउतका कार्यकर्ताहरूले चार(पाँच वटा गाडीहरूको सिसा फुटाएका छन् । प्रहरी नभएको मौकामा उनीहरूले गाडीमा तोडफोड गरेको पाण्डेले बताए । ‘चार(पाँच वटा गाडीहरू तोडफोड भएका छन्, सडक बन्द गर्न भने दिएका छैनौं, लामो र छोटो दुरीका गाडीहरू चलिरहेका छन्,’ एसपी पाण्डेले भने । बल प्रयोग गरेर प्रहरीले बाटो खुलाएको उनले बताए ।
औरही गाउँपालिकाबाट किसानहरूले गहुँको बिउ लुटेर लगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा सीके राउत नेतृत्वको जनमत पार्टीले आज बन्द आह्वान गरेको थियो ।




















