सिरहा,भाद्र २३ गते ।सिरहा क्षेत्र नम्वर १ बाट माओवादीले तीन जनालाई सिफारिस गरेको छ । आसन्न मंसिर ४ गते हुने निर्वाचनको लागि गणेश चौधरी, आशानन्द यादव र दशमी लाल चौधरीलाई उम्मेदवार सिफारिस गरेको हो ।समानुपातिक तर्फ सुधा कुमारी यादव, रिकमा विश्वकर्मा र पप्पु कुमार साहको नाम सिफारिस गरेको जनाईएको छ ।त्यस्तै प्रदेशसभा १ ‘क’बाट पनि माओवादीले तीन जनालाई सिफारिस गरेको छ। सो क्षेत्रबाट विजय गुप्ता, खड्गनारायण चौधरी र नौथनी महतो सिफारिस भएका छन् ।यस्तै समानुपातिक तर्फ सुनिता महतो, देवनारायण महतो, उमेश प्रसाद साह र गमकलाल चौधरी सिफारिस गरेको जनाईएको छ ।
सिरहा,भदौ २२ गते । नेकपा माओवादी केन्द्र धनगढीमाई नगर सचिवालयको आज बसेको बैकले सिरहा क्षेत्र २ मा प्रतिनिधि सभा र सिरहा क्षेत्र नं. २(ख) बाट प्रदेश सभा सदस्य उम्मेदवारको नाम सिफारिश गरेको छ ।नगर समिति अध्यक्ष प्रकाश योञ्जनको अध्यक्षमामा बसेको बैठकले क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार(प्रत्यक्ष) तर्फ क. प्रचण्ड र विश्वनाथ साहलाई सिफारिश गरेको छ भने सिरहा क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार(प्रत्यक्ष) तर्फ हरि नारायण चौधरी र विष्णु न्यौपानेलाई निर्णय सिफारिश गरेको छ । सोही बैठकले समानुपातिक तर्फ प्रतिनिधि सभा तथा प्रदेश सभाका लागी तेज बहादुर आाले मगर ,सुकुमाया घिस
राजविराज, २० भदौ । जनता समाजवादी पार्टीले आसन्न प्रदेशसभा निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर २ (क) बाट विद्यार्थी नेता किशोर कुमार यादव (केसी) को नाम सिफारिस गरेको छ । जसपा क्षेत्रीय समितिको बैठकले केसीसहित मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेशसभा सदस्य नेत्रबिक्रम साह, जसपा केन्द्रीय सदस्य अमरनाथ मण्डल, सत्यनारायण यादवको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिबाट भएको सिफारिसको आधारमा जिल्ला समितिले समेत प्रदेश समितिलाई सिफारिस पठाईसकेको र अब सोही सिफारिसको आधारमा प्रदेश समितिले उम्मेदवार चयन गर्न केन्दीय कार्यकारिणीसमितिमा पठाउन जनाएको छ । क्षेत्रीय समिति र
काठमाडौं भदौ, १९ गते । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि सडकमा जाने घोषणा गरेका छन् ।निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने भन्दै उनले आगामी चुनावपछि आफू सडकमा जाने बताएका हुन् ‘चुनावपछि यो प्रणाली बदल्न सडकमा जान्छु,’ समाजवादको नेपाली मार्गचित्र विषयक कार्यक्रममा प्रचण्डले भने, ‘सडकबाटमात्रै संविधानमा हामीले व्यवस्था गरेको समाजवाद प्राप्त गर्न र यो मेसनरी बदल्न जनताको बीचमा जानुको विकल्प छैन ।’प्रचण्डले अहिलेको निर्वाचन प्रणाली कायमै राखेर भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्नु उचित नहुने समेत बताए।‘अहिलेको निर्वाचन प्रणालीलाई कामयै राख्ने, अनि बडो भ्रष
वीरगञ्ज, र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को ९ख० बाट प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तबरेज आलमले जानकारी दिनुभयो ।जसपा अध्यक्ष यादव पर्सा क्षेत्र नं ४ बाट सिफारिसआसन्न सङ्घीय निर्वाचनमा जसपा पर्साले पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । पर्सा पार्टी सचिव आलमले जसपाका केन्द्रीय सदस्य प्रदीप यादवलाई पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताउनुभयो ।
सिरहा,भदौ १३ गते । माओवादीले आसन्न निर्वाचनका लागि २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएकोे केन्द्रीय सदस्य सुनिता गौतमले बताइन् । ‘अध्यक्षले एक, दुई, तीन गरेर वैकल्पिकसहित नाम सिफारिस गर्न निर्देशन दिनुभएको छ,’ गौतमले भनिन् । निर्वाचनकेन्द्रित गरी बागमती प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने बैठकको निर्णय छ । पोलिटब्युरो सदस्य युवराज चौलागाईंका अनुसार २० भदौभित्र उम्मेदवारको टुंगो
सिरहा,भदौ ११ गते । सिरहाको जिरोमाईलमा जनमत पार्टीले आफनो क्षेत्रीय कार्यालयको आज उद्घाटन गरेको छ ।जनमत पार्टीका केन्द्रिय सदस्य राज कुमार त्यागीको प्रमुख अतिथ्यमा क्षेत्र नं.२(ख)को क्षेत्रीय कार्यालयको उद्घाटन भएको छ । मधेशीको हक अधिकारको लागी अवाज उठाउने पार्टी रहेको साथै युवाहरुको पार्टी भएकोले मात्र देशमा परिर्वतन लागीे जनमत पार्टी नै रहेको बताउनु भयो । उक्त कार्यक्रममा सिरहाको विभिन्न स्थानबाट जनमत पार्टीको कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता धनगढीमाई नगरपालिकाका पार्टी अध्यक्ष भरत यादबले गरेको थियो ।
सिरहा,भदौ,११ गते । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ ।गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले अबको निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्ने तय गरेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले अर्थ मन्त्रालयबाट समग्र निर्वाचनको बजेट स्वीकृति र आयोगबाट निर्वाचनसम्बन्धी निर्देशिकाहरु जारी भएपछि त्यसका आधारमा सामग्रीहरुलाई अन्तिमरुप दिइने बताउनुभयो ।आयोगका मतदाता शिक्षा तथा सूचना शाखा
जनकपुरधाम, १ भदौ । राज्यको हरेक निकायमा दलित महिलाको अर्थपूर्ण सहभागिताका लागि संघर्ष गर्नुपर्नेमा कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । दलित महिला संघ धनुषाले जनकपुरधाममा आयोजना गरेको दलित महिलाको नेतृत्व विकास, अर्थपूर्ण सहभागिता र सरोकारबालाको भुमिका विषय संवाद कार्यक्रममा बक्ताहरुले दलित महिलालाई अझै पनि अर्थपुर्ण सहभागिताको सुनिश्चिचता नरहेकाले संघर्ष गर्नुको बिकल्प औल्याएका छन् । दलित समुदायलाई अधिकार दिन अझै राजनीतिक दलका नेताहरु र राज्य संयन्त्र इमान्दार नरहेको आरोप लगाउँदै बक्ताहरुले दलित समुदायहरु संगठित रुपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा दलित अगुवा
काठमाडौं,असार २२ गते । ।नेकपा ९माओवादी केन्द्र०को केन्द्रीय समिति बैठक आज बस्दैछ । मंगलबार स्थगित भएको बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो ।आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रचण्डको जवाफपछि आजै बैठक सक्ने माओवादीको तयारी छ ।१९ गते पहिलो दिनको बैठकमा प्रदेश इन्चार्जरअध्यक्षहरुले र २० गतेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए ।बैठकमा सहभागीहरुले आगामी चुनावमा गठबन्धन गर्नुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, गत स्थानीय तह चुनावमा भएको अन्तरघात छानविन गर्नुपर्ने र यही बैठकबाट पदाधिकारी टुंगो लगाउनु
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.