सिरहा,भदौ ११ गते । सिरहाको जिरोमाईलमा जनमत पार्टीले आफनो क्षेत्रीय कार्यालयको आज उद्घाटन गरेको छ ।

जनमत पार्टीका केन्द्रिय सदस्य राज कुमार त्यागीको प्रमुख अतिथ्यमा क्षेत्र नं.२(ख)को क्षेत्रीय कार्यालयको उद्घाटन भएको छ । 

मधेशीको हक अधिकारको लागी अवाज उठाउने पार्टी रहेको साथै युवाहरुको पार्टी भएकोले मात्र देशमा परिर्वतन लागीे जनमत पार्टी नै रहेको बताउनु भयो । 

उक्त कार्यक्रममा सिरहाको विभिन्न स्थानबाट जनमत पार्टीको कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता धनगढीमाई नगरपालिकाका पार्टी अध्यक्ष भरत यादबले गरेको थियो ।