सिरहा,भदौ २२ गते । नेकपा माओवादी केन्द्र धनगढीमाई नगर सचिवालयको आज बसेको बैकले सिरहा क्षेत्र २ मा प्रतिनिधि सभा र सिरहा क्षेत्र नं. २(ख) बाट प्रदेश सभा सदस्य उम्मेदवारको नाम सिफारिश गरेको छ ।

नगर समिति अध्यक्ष प्रकाश योञ्जनको अध्यक्षमामा बसेको बैठकले क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार(प्रत्यक्ष) तर्फ क. प्रचण्ड र विश्वनाथ साहलाई सिफारिश गरेको छ भने सिरहा क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार(प्रत्यक्ष) तर्फ हरि नारायण चौधरी र विष्णु न्यौपानेलाई निर्णय सिफारिश गरेको छ । 

सोही बैठकले समानुपातिक तर्फ प्रतिनिधि सभा तथा प्रदेश सभाका लागी तेज बहादुर आाले मगर ,सुकुमाया घिसिङ्ग र पार्वती सिंह महतोलाई सिफारिश गरेको धनगढीमाई नगर समित सचिब विरेन्द्र साहले बताउनु भयो ।