सिरहा,भाद्र २३ गते ।सिरहा क्षेत्र नम्वर १ बाट माओवादीले तीन जनालाई सिफारिस गरेको छ । आसन्न मंसिर ४ गते हुने निर्वाचनको लागि गणेश चौधरी, आशानन्द यादव र दशमी लाल चौधरीलाई उम्मेदवार सिफारिस गरेको हो ।
समानुपातिक तर्फ सुधा कुमारी यादव, रिकमा विश्वकर्मा र पप्पु कुमार साहको नाम सिफारिस गरेको जनाईएको छ ।
त्यस्तै प्रदेशसभा १ ‘क’बाट पनि माओवादीले तीन जनालाई सिफारिस गरेको छ। सो क्षेत्रबाट विजय गुप्ता, खड्गनारायण चौधरी र नौथनी महतो सिफारिस भएका छन् ।
यस्तै समानुपातिक तर्फ सुनिता महतो, देवनारायण महतो, उमेश प्रसाद साह र गमकलाल चौधरी सिफारिस गरेको जनाईएको छ ।




















