X wada

मुख्य समाचार

    Showing ९५१-९६० of २,९७२ items.
  • खर जितिया सुरु

    सिरहा,असोज १ गते । तराईका आदिवासी थारू समुदायका महिलाहरुले खर जितिया (शुद्ध जितिया) सुरु गरेका छन् ।सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन तराईका आदिवासी थारु महिलालगायत अन्य समुदायले जितिया सुरुवात गरेका हुन् ।योसँगै तराईका गाउँघर र काठमाडौंमा बसोबास गर्दै आएका थारु महिलाहरुले यस वर्ष चार ठाउँमा धुमधाम जितिया मनाउने तयारी गरेका छन्। जितियाको पहिलो दिन लाईर लहाइ अर्थात नुहाए खाने दिन ९शनिबार० वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना (खैर) र माटो चढाउने गर्छन् ।पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन ९आइतबार० वर्तालु महिलाहरु  निराहार उपवास बस्नेछ

    • प्रकाशित मितिः असोज १, २०७९
    • १६२ पटक पढिएको
  • १ बजे भनिएको महाअभियोग सिफारिस समितिको बैठक ३ बजेबस्ने

    काठमाडौं,भदौ ३० गेते । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको १ बजे बस्ने भनिएको बैठक ३ बजेलाई सरेको छ ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आरोपित गरेका न्यायाधीश र कानुन व्यवसायीसँग छलफल गर्ने तयारी  महाअभियोग सिफारिस समितिले गरेको थियो ।यद्यपि सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पूर्वप्रधानन्यायाधीशहरुले सिफारिस समितिमा उपस्थित नहुने बताइसकेका छन् ।पूर्वप्रधानन्यायाधीशहरु नआउने भएपछि कानुन व्यवसायीसँग ३ बजेपछि छलफल गरिने महाअभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • ११५ पटक पढिएको
  • चार महिनादेखि बस सञ्चालन नहुँदा नारायण खोलावासी निराश

    सर्लाही, भदौ २८ गते । सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा चार महिनादेखि यातायात ठप्प हुँदा स्थानीय मारमा परेका छन्। सडक सञ्जालमा नजोडिएको चुरे भेगस्थित नारायण खोलामा बाढी आएर खोलाको बाटो बिगारेपछि गत जेठ पहिलो सातादेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। खोलामा पानी कम भएको बेला किराना पसल सञ्चालकले निकै मुस्किलले ट्याक्टरमार्फत खाद्यान्न सामग्री ढुवानी गर्दै आइरहेका छन्। यात्रुवाहक बस भने जेठदेखि नै पूर्ण रूपमा ठप्प भएको हो। दशैँ नजिकिएको बेला बस सञ्चालन नहुँदा नारायण खोलावासी निराश बनेका छन्। लालबन्दी नगरपालिका–१४ मा पर्ने साबिकको सिङ्गो नारायण खोला गाविसबाट पत्

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • १८७ पटक पढिएको
  • दुई वर्षभित्र भूमि सम्बन्धी सबै समस्या समाधान हुने : मन्त्री श्रेष्ठ

    सिरहा, भाद्र २६ गते । भ्ूामि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमि प्राप्तिको राष्ट्रिय अभियान नै चलेकाले अबका दुई वर्ष भित्र भूमि सम्बन्धी सबै समस्या समाधान हुने वताउनुभएको छ । आइतबार सिरहाको धनगढीमाई नगरपालिकास्थित १३ नं. वडा भर्लेनीमा आयोजित भूमिहीन सुकुम्वासीहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्नुहुँदै मन्त्री श्रेष्ठले नागरिकलाई अधिकार सम्पन्न गराउने अभियान भएकाले यो वा त्यो नभनीकन सबैले हातेमालो गरेर गएको खण्डमा भूमि सम्बन्धी सबै समस्या समाधान हुने वताउनुभयो । कसैको दवाव र प्रभावमा परेर वास्तविक सुकुम्वासीले लालपूर्जा नपाई हुकुम्वासीले पाउने कहि कतैबाट

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • २२५ पटक पढिएको
  • अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता बनाउने : राष्ट्रपति भण्डारी

    काठमाण्डौ, भाद्र २४ गते । किताब जात्रा २०७९ को समुद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताएकी छन्।शुक्रबार काठमाडौँमा आयोजित किताब जात्रा २०७९ को समुद्घाटन कार्यक्रममामा बाल्दै अनुशासित, मर्यादित र राज्यका निकायप्रति सम्मान गर्ने संस्कारयुक्त हुनका लागि अध्ययनमा ध्यान दिनुपर्ने बताइन्।  अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता बनाउने भन्दै सोही क्षमताको आधारमा राष्ट्रको समृद्धिका जगहरु निर्माण हुने राष्ट्रपति भण्डारीले उल्लेख गरिन्।कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने भन्दै जीव

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • २८७ पटक पढिएको
  • सगरमाथा र माइखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग मागे अनुमति

    काठमाण्डौ,भाद्र २४ गते । सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।सगरमाथा हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ ।त्यस्तै माइखोला हाइड्रोपावर कम्पनीले १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति मागरेको हो । दुई कम्पनीको करिब ७४ करोड ९ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको ७४ लाख ९ हजार ५६८ कित्रा आईपीओ निष्कासन अनुमति माग गरेक

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • ३४० पटक पढिएको
  • बेलायती महारानीको उपहार , नारायणहिटी संग्रहालयमा

    काठमाण्डौ, भाद्र २४ गते ।  बितेकी बेलायती महारानी एलिजाबेथ द्वितीयले दुईपल्ट नेपाल भ्रमण गरेकी थिइन् । राजा महेन्द्रका पालामा पहिलोपटक, अनि वीरेन्द्र छँदा दोस्रोपटक ।तिनै एलिजाबेथले वीरेन्द्र राजा हुँदाका बखत नेपालको तत्कालीन राजपरिवारलाई उपहार दिएको बग्गी हाल नारायणहिटी दरबारमा हेर्न पाइन्छ । सुनौलो रंगको उक्त  बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रलाई दिएकी थिइन् ।राजाको राज्याभिषेकमा प्रयोग गरिएको उक्त बग्गी नारायणहिटी संग्रहालयमा राखिँदै आएको थियो ।वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरेको उक्त बग्गी जस्तै अर्को बग्गी बकिंघम दरबारमा  छ ।वी

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • ११८ पटक पढिएको
  • नेपाली सेनामा चार हजार जवानको भर्ति गर्ने,आवेदन असोज ३० गते भित्र सम्म

    काठमाडौँ, भदौ २४ गते । नेपाली सेनाले चार हजार जना जवान भर्नाका लागि आवेदन खुल्ला गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशित गरी नेपाली सेनाको श्री सेना भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग, जङ्गी अड्डाले उक्त पदका लागि आवेदन माग गरेको हो । माग गरिएका कोटामध्ये सैन्य परिवारका लागि २००, खुल्लामा दुई हजार ८८, महिलामा ३३०, आदिवासी जनजातिमा ५५०, मधेसी ४८०, दलित २५२ र पिछडिएको क्षेत्रबाट ८० जना  छ । २०७९ असोज ३० गते भित्र भर्नाका लागि आवेदन दर्ता गरिसक्नुपर्ने सेनाले उल्लेख गरेको छ । भर्नाका लागि पुरुषको हकमा उचाइ ५ फिट ३ इन्च, छाती नफुलाउँदा ३२ इन्च फुलाउँदा ३४ इन्च र तौल ५० कि

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • १३९ पटक पढिएको
  • गोलबजारमा डेङ्गु देखा परे ,नियन्त्रणमा जनप्रतिनिधी र कर्मचारी

    सिरहा, भाद्र २३ गते । सिरहाको गोलबजार नगरपालीकामा जनप्रतिनिधी तथा कर्मचारी डेङ्गु नियन्त्रणमा लागेका छन् । डेङ्गुका विरामी फेला परेको सार्वजनिक भएपछि जनप्रतिनिधी तथा कर्मचारी डेङ्गु फैलाउने लामखुट्टे नियन्त्रणको लागि जनताको घरघरमा पुगेका छन्।डेङगु सार्ने लामखुट्टे घर आसपासमै राखिने गमला, फूलदानी, एयरकन्डिसन, कुलर, पानी ट्यांकी, फालिएका प्लास्टिकका भाँडा र पुराना टायरहरुमा जमेको सफा मानिमा बस्ने भएकाले नियन्त्रणका उपायहरु बताउँदै कर्मचारी तथा जनप्रतिनिधीहरु घर घरै पुगेका हो।गोलबजार नगरपालीकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले सम्पूर्ण जनप्रनिधी, कर्मचारी, स्थानीय व्यसायी तथा समाजसेवीहरुलाई डेङ्

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • २०४ पटक पढिएको
  • कमला नदीमा नेपालकै दोस्रो लामो झोलुंगे पुल निर्माण सुरु

    सिरहा,भदौ २३ गते । सिराहा र धनुषाको दक्षिणी क्षेत्रलाई जोड्ने कमला नदीमा नेपालकै दोस्रो लामो झुलुंगे पुल निर्माण सुरु भएको छ। सिराहा नगरपालिका– १३ मल्हनियादेखि धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठाल जोड्ने गरी कमला नदीमा करिब एक हजार ५०१ मिटर १५००.४४ मिटर लम्बाइको झुलुंगे पुलको  निर्माण कार्य सुरु भएको हो। सपना उमा एन्ड कं.थानी जे.भी बतीसपुतलीले भ्याटबाहेक २१ करोड ५१ लाख १० हजार ७५३ रुपैयाँमा गत असार १२ मा निर्माण कार्यको सम्झौता सस्पेन्सन बृज डिभिजन ललितपुरसँग गरेको छ। २ वर्षभित्र (११ असार ०८१) भित्र निर्माण पूरा गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनीले सिराहा नगरपालिका– १३ मा पर्ने क

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • ३०७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२