जनकपुरधाम असोज ३१ गते । धनुषा निर्वाचन क्षेत्र न.३ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका जीवन साह अहिले चर्चामा रहेका छन ।
साह कुनै पार्टी संगठन बाट उम्मेदवार नभई स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन ।
निर्वाचन अधिकृतको कार्यालय धनुषाको महेन्द्र नारायण निधीको हलमा रहेको कार्यालयले उनलाई "घन्टाघर" चुनाव चिन्ह् प्रदान गरेको छ ।
स्वतन्त्र उम्मेदवारी दिएका साह अहिले जनता माझ लोकप्रिय बनेका छन ।
साह जनकपुर उपमहानगरपालिकाको वडा न.४ विश्वकर्मा चौकका वासी हुन । साहको प्रतिद्वन्दीमा जुलि महतो र अनिल झा रहेका छन ।




















