नरेशचन्द्र बरबरिया धनुषा , असोज २६ गते । धनुषा निर्वाचन क्षेत्र न.२ "ख"बाट प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका काशिन्द्र यादवलाई लालटिन चुनाव चिन्ह प्रदान गरेको छ । 

निर्वाचन आयोगले आज उम्मेदवारको नाम फिर्ता लिने , अन्तिम नामावली प्रकाशन गर्ने , निर्वाचन चिन्ह प्रदान गर्ने  कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय धनुषाको बिदेह नगरपालिका तिनकौरियामा रहेको  क्षेत्र नं.२ का स्वतन्त्र उम्मेदवारहरुलाई  कार्यतालिका अनुसार निर्वाचन  बुधवार यादवलाई लालटिन चुनाव चिन्ह् प्रदान गरेको छ ।                                                                    बुधवार देशभरका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ । काशिन्द्र यादव धनुषाको शहिदनगर नगरपालिकाको वडा न.२ चोराकोईलपुर निवासी हुन ।