काठमाडौं,चैत ६ गते । शीतल निवासबाट नयाँ उपराष्ट्रपतिको स्वागत र पूर्वउपराष्ट्रपतिको बिदाइ गरिएको छ । आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।शपथ ग्रहण समारोहमा यादव दौरा, सुरुवाल र भादगाउँले टोपी लगाएका थिए । उनले गम्छा पनि भिरेका थिए ।शपथ ग्रहणपछि उनलाई राष्ट्रपति पौडेल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले पुष्पगुच्छा दिएर बधाई ज्ञापन गरे ।सोही समारोहमा पूर्वउपराष्ट्रपति पुनलाई प्रधानमन्त्री प्रचण्डले काठको आँखीझ्याल दिएर विदाइ गरे । पूर्वराष्ट्रपति विद्
सिरहा,चैत्र ५ गते । थारु कल्याणकारी सभा धनगढीमाईको नगर अधिवेशनमा धनगढीमाई नगरपालिका उपप्रमुख संगिता चौधरीले थारु कला संस्कृति र भेषभुषामा धनी भए पनि हकअधिकार लगायत पहिचानको लागि पछि परेको बताईन् ।उपप्रमुख चैधरीले बोल्दै थारु कल्याणकारी सभाको विधान वमोजिम विगतमा थारु अगुवाहरु मनोमानी ढङगले कार्य गरेकाले आज थरु एकजुट हुन नसकेको बताईन् ।उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा थारु कल्याणकारी सभा धनगढीमाई नगरपालिकाले नगर भरीका थारुहरुको भेलाबाट नगर समितिमा शम्भु चौधरी सर्वसम्मत चयन गरेको छ ।थारुको पहिचान,भेषभुषा,कला संस्कृति,भाषा संरक्षण गर्ने उद्देश्यले नगर स्तरिय समिति गठन
सिरहा, चैत्र ३ गते । हरियो तरकारीको सामूहिक बजारीकरण गर्ने उद्देश्यले सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ६ कट्टिोलमा सामूहिक बजारीकरणको उद्घाटन भएको छ । तरकारीको पकेट क्षेत्रको रुपमा वडा नं. ६, ७ र ८ नं. वडालाई लक्षित गरी संचालित सामूहिक बजारीकरणले त्यस भेगका किसानहरु लाभान्वित हुने जनाइएको छ । बजारीकरणलाई व्यवस्थित गर्न धनगढीमाई नगरपालिकाले सामूहिक बजारीकरण व्यवस्थापन समितिलाई एक लाख मूल्य बराबरको तराजु, क्यारेट, त्रिपाल लगायतका सामाग्री प्रदान गरेको छ । उक्त वडाहरुमा दैनिक ५० देखि सय क्वीन्टल हरियो तरकारी उत्पादन हुने गरेको छ । सामूहिक बजारीकरण अभावमा त्यस क्षेत्रमा उत्पादित ह
सिरहा, चैत्र ४ गते । हरियो तरकारीको सामूहिक बजारीकरण गर्ने उद्देश्यले सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ६ कट्टिोलमा सामूहिक बजारीकरणको उद्घाटन भएको छ । तरकारीको पकेट क्षेत्रको रुपमा वडा नं. ६, ७ र ८ नं. वडालाई लक्षित गरी संचालित सामूहिक बजारीकरणले त्यस भेगका किसानहरु लाभान्वित हुने जनाइएको छ । बजारीकरणलाई व्यवस्थित गर्न धनगढीमाई नगरपालिकाले सामूहिक बजारीकरण व्यवस्थापन समितिलाई एक लाख मूल्य बराबरको तराजु, क्यारेट, त्रिपाल लगायतका सामाग्री प्रदान गरेको छ । उक्त वडाहरुमा दैनिक ५० देखि सय क्वीन्टल हरियो तरकारी उत्पादन हुने गरेको छ । सामूहिक बजारीकरण अभावमा त्यस क्षेत्रमा उत्पादित ह
काठमाडौं,चैत ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र संघीय सांसदहरुलाई शनिवार बिहान ९ बजे शीतलनिवासमा आमन्त्रण गरेका छन् ।राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि प्रदेशसभा सदस्यहरु पनि काठमाडौंमा छन् ।उनीहरु समेतलाई राष्ट्रपति पौडेलले शीतलनिवास बोलाएर धन्यवाद दिन लागेका हुन् ।लोकतान्त्रिक समाजवादीका सांसद रामप्रकाश चौधरीले आफूलाई राष्ट्रपति पौडेलले शितलनिवासमा आमन्त्रण गरेको जानकारी दिए । अनलाईन खवरबाट
काठमाडौं ,चैत ३ । उपराष्ट्रपति निर्वाचित रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए ।एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् ।जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए । उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवले एक प्रदेशसभा सदस्यको मत पाएका छन् ।उपराष्
काठमाडौं, फाल्गुन ३ गते । उपराष्ट्रपति निर्वाचनमा शुक्रबार दिउँसो २ बजेसम्म ८०१ मत खसेको छ। संघतर्फ २९१ र प्रदेशतर्फ ५१० गरी कूल ८०१ मत खसेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।उपराष्ट्रपतिको निर्वाचन दिउँसो ३ बजेसम्म हुनेछ। मतदानलगत्तै मतगणना सुरू हुने र साँझ ६ बजेभित्र निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाका यादव र जनमत पार्टीको ममता झा चुनावी मैदानमा छन्।निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् । अन्नपूर्णपोष्ट बाट
नरेशचन्द्र बरबरिया ,धनुषा फाल्गुन ३० गते। अन्तर्राष्ट्रिय नदी दिवसको अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदेश स्तरीय अन्तरक्रिया गरिएको छ । कमला जलाधार संरक्षण अभियान जनकपुरधामको आयोजनामा भएको अन्तरक्रियामा नदी र प्रकृतिको जथाभावी दोहन ,अतिक्रमण,प्रदुषण लगायतका विषयमा सरोकारवाला र मधेश प्रदेशको आठै जिल्ला बाट नदी,चुरे र पर्यावरण क्षेत्रमा काम गर्ने अभियानीहरु बिच अन्तरक्रिया गरिएको हो । &n
सिरहा,फाल्गुन २७ गते ।भोजमा बोलाएर सिरहा भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले जातीय भेदभाव गरेको भन्दै विभिन्न जातीय संघ संस्था तथा राजनीतिक दलका नेताहरु विरोध प्रदर्शनमा उत्रिएको छ । आज सिरहाको गोलबजारमा विरोध प्रदर्शन गर्दै जातीय भेद्भाव गर्न पाइँदैन, दोषीलाई कानुन अनुसार कार्वाही गर, सामाजिक समानता कायम गर, मानव अधिकारलाई संरक्षण गर लगायत प्ले कार्ड बोकी गोलबजार नगरपालिकाको परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो । कोण सभामा वक्ताहरुले जातीय विभेद गर्ने गाउँपालिका अध्यक्षलाई कानुनी कार्वाहीको माग गरेको छ । अध्यक्ष यादवले आफ्नी दिवंगत आमाको १३ औँ दिनको पुन्य
सिरहा,फाल्गुन २७ गते । सिरहाको गोलबजार वडा नं. ५ स्थित माँ धमिनी ईट्टा भट्टाको गोलभित्र रहेको दवाल भाँसिदा भट्टामा काम गरिरहेका मध्ये छ जना घाइते भएको छ । घाइते मध्ये नरहा गाउँपालिका पानवारीका जयनाथ सदायको अवस्था चिन्ताजनक रहेकोले थप उपचारको लागि उनलाई धरान लगिएको छ । अन्य घाइते हुनेहरुमा स्थानीय ४२ वर्षीय राम विलास सदाय, ३९ वर्षीय देविया सदा, १६ वर्षीय चन्दन सदा, २२ वर्षीय मोदिया सदा र विजय सदा रहेको छ । उनीहरुको उपचार गोलबजारस्थित लाइफ लंग क्लिनिकमा भइरहेको इलका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । माटोले बनेको ईट्टा पकाउने गोलभित्र रहेका दवाल पुरानो एवम् जिर्णका कारण दव
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.