नरेशचन्द्र बरबरिया ,सिरहा चैत २० गते । सिरहाको माडर खैरटोका स्थित रहेकोबिओपीमा अब डिएसपीको दरबन्दी थप भएलगत्तै डिएसपीको रुपमा पवन  पवन खडकाले कमाण्ड सम्हालेका छन् । 


नेपाल–भारत सीमासँगै रहेको माडर लगायत तीन सशस्त्र बिओपीलाई कमाण्डका लागि  डिएसपी खडकालाई जिम्मेवारी दिएको हो । 


सीमासँगै रहेको बिओपी माडर(खैरटोका), बिओपी बरियारपट्टि, ईटाटार, लगडी गडियानी समेतको कमाण्ड लिएका हुन् । अबदेखि बिओपी माडरकै अधिनमा बाँकीका दुई बिओपी चल्ने भएको छ । 


प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी माडर) मा अन्तर्राष्ट्रिय  प्रणाली अनुसार नै सुरक्षा निकायमा हुने कम्पनी अनुसार माडरमा डिएसपी धानुकको कमाण्ड खटाएको हो । 


माडर, बरियारपट्टि ,ईटाटार र लगडी गडियानी  बिओपी अब डिएसपी खडकाकै कमाण्डमा चल्ने भएको छ । पहिलो पटक  माडर बिओपीमा डिएसपीको दरबन्दी कायम गरिएको हो ।