अनुभक्त चौधरी

सिरहा,चैत्र १६ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.९ स्थित धनकुटे टोलमा मधेश प्रदेश सरकार अन्तरर्गत भौतिक पूवाधार विकास मन्त्रालयको पच्चिस लाख लागतमा सडक ढलान भएको छ ।

पूर्वाधार विकास कार्यालय सिरहा मार्फत एक सय नव्वे मिटर लम्वाई, पाँच मिटर चौडाई र आठ ईन्चको मोटाईको पक्की ढलान भएको छ । वर्षाको बेला हिलो र सुख्खा मौसमको बेला धुलोको समस्या खेपिरहेको आफूहरुलाई सडक ढलानले सहज बनाएको स्थानीय अनिल सिंहले वताउनुभयो । 

vlcsnap-2023-03-30-18h12m36s424

वर्षाको बेला पानीले सडक हिल्लाम्मेको कारण एक ठाउँबाट अर्को ठाउँमा जान समेत निकै कठिनाई भइरहेको थियो । सडक ढलानले सहज भएको स्थानीय समुन्द्री महराको कथन रहेको छ । 

vlcsnap-2023-03-30-18h12m46s855

धनकुटे टोलमा सडक बनेपछि एक ठाउँबाट अर्को ठाउँमा जान सहज हुनुको साथै विरामी एवम् विपत्को बेला समेत सोझै मोटरहरु घरसम्मै पुग्दाआफूहरु आनन्दित महसुस गरिरहेको स्थानीय नारायण कुमार तामाङ्गले उल्लेख गर्नु भयो ।

vlcsnap-2023-03-30-18h12m52s251

लोक मार्ग संगै जोडिएको धनकुटे टोलको सडक धनगढीमाई नगरपालिकाको वडा नं. १० को चुरेसँग जोड्ने गरेको छ । मधेश प्रदेश सरकारको सहयोगले बनेको ढलानले स्थानीयलाई केही राहत भए पनि अन्य धेरै ठाउँमा पक्की सडक अभाव रहेकाले सो ठाउँहरुको पहिचान गरी सडक ढलानको प्रयास गरिदिन मधेश प्रदेश सरकारसंग स्थानीयले माग गरेको छ । 

vlcsnap-2023-03-30-18h12m15s928vlcsnap-2023-03-30-18h12m28s946