अनुभक्त चौधरी

सिरहा,चैत्र २५ गते ।सिरहाको मिर्चैया नगरपालिका वडा नं.७ छ घरियाबाट वेवारिसे अवस्थामा रहेको पचास बोरा सरकारी अनुदानको युरिया मल फेला परेको छ । 

विशेष सुराकीको आधारमा लुकीछिपी अनुदानको मल बाहिर लान लागेको सूचना पाएपछि छापा मार्दा उक्त अनुदानको युरिया मल फेला परेको हो । हालसम्म मल मेरो हो भन्ने कसैले दावी नगरेको जनाइएको छ ।  

vlcsnap-2023-04-08-18h28m56s790

फेला परेको मल आज मिर्चैया नगरपालिकाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरी आवश्यक कानुनी प्रक्रिया पश्चात मल स्थानीय कृषकहरुलाई बाँड्ने मिर्चैया नगरपालिकाका कृषि तथा सहकारी प्रमुख धननज्य महतोले जानकारी दिनुभयो । 

रसायनिक अनुदानको युरिया मल हाहाकार भइरहेको बेला लुकाई छिपाई अन्यत्र लान खोज्दा फेला पर्नु नगरपालिकाको लागि उपलब्धीमुलक रहेको जनाइएको छ ।

कृषि सामग्री संस्थान एवम् स्थानीय डिलरको मिलोमतोमा कृषकहरुलाई सहुलियत दरमा दिनुपर्ने मल अन्यत्र लगी महंगो मूल्यमा बिक्री वितरण गर्ने उद्देश्यले अन्यत्र लैजान खोजेको स्थानीयले आरोप लगाएका छन् ।

vlcsnap-2023-04-08-18h29m13s159

कृषि सामग्री कम्पनीका प्रबन्धक दीपराज पौडेलले घटनाको छानविन भइरहेकोले अनियमितता ढंगले अनुदानको मल चोरी पैठारी गर्ने सहकारीलाई नगरपालिकाको सिफारिशमा कार्वाही गरिने जनाएको छ ।

६७ हजार हेक्टर खेती योग्य जग्गा रहेको सिरहामा खेतीपाती गर्नका लागि वार्षिक रुपमा तीन लाख बोरा डि.ए.पी., पाँच लाख बोरा युरिया र दश हजार बोरा पोटास चाहिन्छ । सरकारले सिरहाका लागि करिव ६० हजार बोराका दरले मात्र उपलब्ध गराइरहेको छ सो मल पनि खेतीपाती गर्नेको हातमा नगई अनियमित ढंगले बिक्री