X wada

मुख्य समाचार

    Showing ३५१-३६० of २,९६९ items.
  • ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्न सिफारिस

    सिरहा,फागुन १ गते । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ। ठेक्का लिएर समयमै काम नगर्ने र आपूर्ति नगरेपछि विभिन्न जिल्लाका स्थानीय तहहरूले सिफारिस गरेबमोजिम ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया थालेको हो। कालोसूचीमा राख्न सिफारिस भएका निर्माण कम्पनीहरुमा लमजुङको चम्पादेवी रोडा ढुंगा बालुवा प्रशोधन केन्द्र, ललितपुरको  न्यू प्रिन्सपल फेसन ओयर, कञ्चनपुरको प्रगती कन्स्ट्रक्सन लगायत छन्। ती निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्न नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनिभित्र लिखित स्पष्टीकरण

    • प्रकाशित मितिः फागुन १, २०८०
    • २३३ पटक पढिएको
  • स्थानीय प्रशासन विरुद्ध नगर प्रमुखको पत्रकार सम्मेलन

    सिरहा,माघ २९ गते । सिरहास्थित मिर्चैया नगरपालिकामा हिजो घटेको घटनाको २४ घण्टा वितिसक्दा समेत दोषी उपर कुनै कारवाही गर्न नसकेको भन्दै  नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले स्थानीय प्रशासनमाथि रोष प्रकट गरेको छ । आज नगरपालिकाले पत्रकार सम्मेलन गरी नगर प्रमुख यादवले केही उच्छृखल व्यक्तिहरुको समूहले नगरपालिकाको कार्यालयमाथि ढुंगामुढा गरी भौतिक सम्पत्ति तोडफोड गर्नुको साथै कर्मचारीमाथि समेत हातपातको प्रत्यक्षदर्शी स्थानीय प्रशासन भएपनि दोषी मध्ये कसैलाई पनि हालसम्म पक्राउ गर्न नसकेकोले वाध्य भएर स्थानीय प्रशासन विरुद्ध पत्रकार सम्मेलन गर्नु परेको नगर प्रमुख यादवले उल्लेख गर्नुभयो ।&n

    • प्रकाशित मितिः माघ २९, २०८०
    • ३४८ पटक पढिएको
  • हतियार सहित पक्राउ

    सिरहा,मा २९ गते । सिरहा प्रहरीले सिरहा नगरपालिका ७ बाट एक थान कटुवा पेस्तोलसहित औरही गाउँपालिका ४ कमलपुरका २१ वर्षिय सरोज कुमार यादवलाई पक्राउ गरेको छ । सदरमुकाम सिरहामा डेरा लिएर बस्दै आएका औरही गाउँपालिका ३ का २२ वर्षिय संजिव कुमार यादवसँग विवाद हुँदै गर्दा प्रहरीले सरोज यादवको शरीरमा खानतलासीको क्रममा उनको साथबाट हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  हतियारसहित पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    • प्रकाशित मितिः माघ २९, २०८०
    • २३० पटक पढिएको
  • केन्द्रीय समिति बैठक आज पनि बस्दै

    सिरहा,माघ २९ गते । आईतबारबाट काठमाडौँको राष्ट्रिय सभा गृहमा शुरु भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजो आइतबार सुरु भएको बैठकमा प्रदेश इन्चार्ज र अध्यक्षले चार महिने माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए । आजबाट चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने, पार्टीको अगामी साङगाठनिक काम र फाल्गुन एक गतेदेखि तय भएको विधान सम्मेलनबाट समेत छलफल हुने कार्यसूची रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिनारायण चौधरीले वताउनुभयो । 

    • प्रकाशित मितिः माघ २९, २०८०
    • ७६६ पटक पढिएको
  • ठूलो परिमाणमा नक्कली नोटसहित मानिस पक्राउ

    विराटनगर,माघ २९ गते । सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले आईतबार इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोट बरामद गरेको छ ।  बीआर ११ एक्स ३४२९ नम्बरको शङ्कास्पद अवस्थाको स्करपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरू बरामद भएको सुनसरी प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार। भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद गरिएको जनाइएको छ ।नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेक

    • प्रकाशित मितिः माघ २९, २०८०
    • २०३ पटक पढिएको
  • मिर्चैया : तालाबन्दी गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप, प्रहरी निरीक्षकसहित केही प्रदर्शनकारी घाइते

    सिरहा,माघ २८ गते । सिरहाको मिर्चैया नगरपालिकामा कर्मचारीको विषयलाई लिएर नगरपालिका तालाबन्दी गर्न पुगेका स्थानीय र प्रहरीबीच भएको झडपमा प्रहरी निरीक्षक सहित सहित केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ । वडा नम्बर ३ मा वडा सचिव नपठाउँदा कामकाज साता बढीदेखि प्रभावित भएको भन्दै नगरपालिकाको विरोधमा आइतबार स्थानीय युवाहरुले नगरपालिका तालाबन्दी गर्न जाँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रदर्शनकारीको ढुगामुढाबाट नगरपालिकाको झ्यालका सिसा, मोटर साइकल सहित कर्मचारीहरुलाई समेत चोटपटक लागेको जनाइएको छ

    • प्रकाशित मितिः माघ २८, २०८०
    • ४३० पटक पढिएको
  • राजविराज कारागारको शौचालयमा बन्दी मृत फेला

    सिरहा,माघ २८ गते । बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् । राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल आज मृत अवस्थामा फेला परेको कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए ।उनका अनुसार मण्डलको शव कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको हो । गत साउन १३ गते राति १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल गत भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए । बालिकालाई घरबाट जबरजस्ती तानेर पाँच सय मिटर पूर्वपोखरीको डिलमा लगेर बलात्कार गरेक

    • प्रकाशित मितिः माघ २८, २०८०
    • १८२ पटक पढिएको
  • बरियापट्टीमा भारतीय एसएसबीद्वारा नेपाली महिलामाथि यौन सम्बन्धका लागि दबाब, नमान्दा कुटपिट

    सिरहा,माघ २८ गते । भारत आउजाउ गर्ने नेपालीहरुले सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबी बाट निरन्तर ज्यादती र हैरानी भोग्दै आइरहेका छन् । हुँदा हुँदा अब नेपाली महिलाहरूलाई एसएसबीले यौनसम्बन्धका लागि समेत दबाब दिने गरेको संवेदनशील तथ्य उजागर भएको छ । नेपालका थुप्रै सीमावर्ती क्षेत्रका बासिन्दाहरू घरायसी किनमेलका लागि समेत भारतीय बजारमा निर्भर छन् । एक लिटर खानेतेलदेखि एक पोका नून किन्न पनि भारतीय बजारमा जानुपर्छ । यसरी किनमेल गर्न जाने महिलाहरूलाई एसएसबीले प्रताडित गर्ने गरेको सार्वजनिक भएको हो ।बरियारपट्टी गाउँपालिका ४ की ३० वर्षीया सुनिता नाम परिवर्तन ले भान्साको समान किनमेल गर्न चा

    • प्रकाशित मितिः माघ २८, २०८०
    • ५५१ पटक पढिएको
  • ट्रायलमा आफ्नै सवारी साधन

    सिरहा,माघ २८ गते । मधेश प्रदेश सरकारले सवारी साधनको सवारीचालक अनुमतिपत्रका लागि हुने ट्रायलमा परीक्षार्थीले आफ्नै सवारी साधन चलाउन सक्ने निर्णय गरेको छ । यस अघि ट्रायल परीक्षा हुने स्थलमा सम्बन्धित ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था थियो ।ट्रायल सेन्टरको सवारी साधन प्रयोग गर्दा परीक्षार्थीले त्यसवापत अतिरिक्त रकम दिनुपर्दथ्यो । ट्रायल सेन्टरको सवारी साधन ट्रायलकै बखत चलाउँदा जानकारी भए पनि अप्ठ्यारो हुने गरेको गुनासा आउन थालेपछि मधेश प्रदेश सरकारले सम्बन्धित परीक्षार्थीले आफ्नै सवारी साधन लिएर ट्रायल दिने निर्णय गरेको छ ।जनमत पार्टी सरकारबाट बाहिरिएपछि श्रम तथा याता

    • प्रकाशित मितिः माघ २८, २०८०
    • २६९ पटक पढिएको
  • यात्रुलाई अपशब्द प्रयोग गर्दा चालक र सहचालक हिरासतमा

    सिरहा माघ,२८ गते । सार्वजनिक यातायातका सवारी चालक र सहचालकले यात्रुलाई अपशब्द प्रयोग गर्दा प्रहरी हिरासत पुगेका छन् ।काठमाडौं महानगरपालिका–३२, तिनकुनेस्थित सार्वजनिक स्थानमा बसका चालक शेकबहादुर पौडेल र सह–चालक बिक्रम कार्कीले भेदभाव पूर्ण र अपमानजनक व्यवहार गरेको भन्दै जाहेरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, उनीहरुविरुद्ध अपशब्द प्रयोग गरेर गालीगलौज गरेको जिकिरसहित मुलुकी अपराध संहिता, २०७४ को दफा १६० बमोजिम कारबाही गर्न भन्दै प्रहरी वृत्त, बानेश्वरमा किटानी जाहेरी परेको थियो ।त्यसपछि उनीहरुलाई पक्राउ गरेर प्रहरीले हिरासतमा राखेको थ

    • प्रकाशित मितिः माघ २८, २०८०
    • १७९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२