अनुभक्त चौधरी
सिरहा,फाल्गुन २३ गते । सिरहाको लहान नगरपालिका वडा नं. १५ स्थित मेनहर्वामा नगरपालिका र दातृ निकायबाट दलित विपन्न परिवारको लागि निर्मित २२ वटा घर एक कार्यक्रमका विच हस्तान्तरण भएको ।
सुरक्षित आवास निर्माण कार्यक्रम अन्तर्गत लहान नगरपालिकाको छयालिस लाख र हिल्टी फाउण्डेशनको सहयोगमा ह्याविट्याट फर ह्युम्यानिटी नेपालको चौवालिस लाख र सेवाग्राहीहरुको श्रमदान गरी उन्नानसय लाख ८६ हजारको लागतमा उक्त घरहरु निर्माण भएका हुन ।

विपन्न दलित तथा मजदुरलाई सुरक्षित घरमा बस्ने सपना साकार गर्ने उद्देश्यले घर निर्माण गरी हस्तान्तरण गरिएकोे लहान नगरपालिकाको नगर प्रमुख महेश प्रसाद चौधरीले वताउनुभयो । नगर क्षेत्रभित्र रहेका अति विपन्न परिवारका लागि थप दुई सय घर निर्माण गरी हस्तान्तरण गर्ने योजना रहेको समेत नगर प्रमु्ख चौधरीले त्यसबेला प्रतिवद्धता जनाउनुभयो ।
भवानी एकीकृत विकास केन्द्रको सहजीकरणमा निर्माण भएको उक्त सुरक्षित आवासले त्यस भेगका विशेषतः अति विपन्न मुसहर समुदायलाई बसोबासको लागि मद्दत पुग्ने वताइएको छ ।

नगर प्रमुख र उपप्रमुखले हिल्टी फाउण्डेशनको प्रमुख योहान,पाब्लोमेरीयम ईरिका, ह्याविट्याट फर ह्युम्यानिटीका कार्यक्रम निर्देशक लक्षिन्द्र महर्जन र भवानी एकीकृत विकास केन्द्रका अध्यक्ष राजेश चौधरीलाई सम्मान गरेको थियो ।
लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतो,वडा नं. १५ का वडा अध्यक्ष तेजनारायण चौधरी, हिल्टी फाउण्डेशनको प्रमुख योहान,ह्याविट्याट फर ह्युम्यानिटीका कार्यक्रम निर्देशक लक्षिन्द्र महर्जन ,एस ओ एसका कार्यक्रम प्रमुख उपेन्द्र मल्ल र भवानी एकीकृत विकास केन्द्रका अध्यक्ष राजेश चौधरी लगायत स्थानीयहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।






















