सप्तरी, फल्गुन २३ गते । हिमालयन लघुवित्तको शाखा कार्यालय खरचुहिया,सप्तरी बाट बिमा दावी रकम भुक्तानी गरेको छ । यस संस्थामा आवद्ध रहेकी सदस्य स्व।बबिता देवी चौधरी र श्रीमान स्व। संजय कुमार चौधरी को मृत्यू पश्चात मृतकको परिवार लाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।
सप्तरी जिल्ला खडक नगरपालीका वडा नं.३ बनरझुल्लामा रहेको केन्द्र नं.५ कि सदस्य बबिता देवी चौधरी ले यस संस्थाबाट ३० हजार रुपैयाँ कर्जा लिई किराणा पसल र पान पसल चलाउदै आईरहेकी थिईन । सदस्य र सदस्यको श्रीमान् को मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा हुनेगरि कर्जा बिमा अन्तर्गत बिमितको मृत्यू पश्चात दिइने थप ३० प्रतिशत काजक्रिया खर्च रु १८ हजार रुपैंयाँ गरि ७८ हजार रुपैया बराबरको चेक एकमुस्ट मृतकको परिवारलाई भुक्तानी गरिएको हो ।
मृतकको घरमै पुगि खडक न पा ३ का वडा अध्यक्ष देव नारायण चौधरी ज्यूको उपस्थितिमा चेक हस्तान्तरणगरी यस हिमालयन लघुवित्तले आफु निर्वाचित रहेको वडामा यस्तो कार्यक्रमहरु गर्दै आईरहेकोमा संस्थालाई धन्यवाद दिदै मृतकलाई स्रद्घानजली र मृतक परिवारलाई हौसला प्रदानगर्दौ कार्यक्रम समपन्न गरीएको थियो त्यसैगरी खडक न पा ५ रंजितपुरकी सविता कुमारी मंडल लाई बाल पोषण भत्ता रकम रु २ हजार र खडक न पा ८ ढोलवाजाकी मधु कुमारी चौधरी लाई बाल पोषण भत्ता रकम रु ५ हजार उपलब्ध गराउने त्यसैगरी प्रत्येक बैठकमा बित्तीय साक्षरता कार्यक्रम,डीजीटल बैंकीङ्ग अनतर्गत मोवाईल पासबु,मोवाईल एस एम एस एलर्ट,ई सेवा र क्यू आर सेवाको समेतको सुविधा रहेको संस्थाका शाखा प्रबन्धक महेश प्रसाद चौधरी ले जानकारी गराएका छन् । संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनरुप विभिन्न कार्यक्रमको माध्यम द्धारा ऋण बिमा,बाली बिमा,पशु बिमा लगायत निक्षेप,क्रेडिट ग्यारेन्टी कोषको माध्यमद्धारा पनि ग्राहक संरक्षण गर्ने र सुतकेरी हरुलाई सुतकेरी स्याहार र बाल पोषण भत्ता को पनि व्यवस्था समेत रहेका छन् ।
संस्थाले दुःखको समयमा ऋण मिनाहा र सहयोग स्वरुप रकम उपल्वध गराईदिएको भन्दै मृतकको परिवारले संस्था प्रति आभार व्यक्त गरेका छन् ।
रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक, चौधरी,केन्द्रका संचालक ओम प्रकाश मंडल र लेखापाल गौतम चौधरी को समेत उपस्थिति रहेको थियो ।




















