सिरहा,फाल्गुन २६ गते ।सिरहाको गोलबजारस्थित वडा नं. ६ का ३६ वर्षीय अनिता कुमारी साहको शुक्रबार राति धारिलो हतियार प्रहार गरी घरभित्रै हत्या गरिएको अवस्थामा शव फेला परेको छ । 

धारीलो हतियारले गर्दन काटीएको र सिलौटो टाउकोमाथि बजारीएको अवस्थामा घरभित्र सुत्ने खाट नजिकै शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घटनाको गहिरो छानविन भइरहेको प्रहरीले जानकारी दिएको छ । 

स्थानीय सिकिन्दर साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल संचालन गरी श्रीमान महेन्द्र कुमार साहसँगै उनी बसोबास गर्दै आएकी थिइन् । 

मृतकका श्रीमान् महेन्द्र साह यस अघि पनि आपराधीक घटनामा जेल परेको स्थानीयले बताएको छ । घटनामा श्रीमान संकाको घेरमा रहेको वताइएको छ । उनीहरुको एक छोरी र दुई जना स–साना छोराहरु छन् ।

vlcsnap-2024-03-09-12h12m05s233vlcsnap-2024-03-09-12h11m29s598vlcsnap-2024-03-09-11h55m46s777