X wada

मुख्य समाचार

    Showing २,८५१-२,८६० of २,९७५ items.
  • बस दुर्घटना–मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

     कर्णाली,कर्तिक ६ गते  सुर्खेत । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख राहत उपलब्ध गराउने  भएको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो ।परिषद् बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पनि एक लाख राहत दिने निर्णय गरेको छ ।मुगु बस दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको थियो । बैठकले कोभिड(१९ को कारण मृत्यु भएका मृतकका परिवारलाई राहत वितरणसम्बन्धी कार्यव

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १०० पटक पढिएको
  • बाढीले मोरङको सुनवर्षीमा ४४८ घरपरिवार विस्थापित

    विराटनगर,कार्तिक ६ गते–बाढी र डुबानका कारण मोरङको सुनवर्षी नगरपालिकाभित्र बसोबास गरिरहेका ४ सय ४८ परिवार विस्थापित भएका छन्। बाढीले सुनवर्षी नगरपालिका–३, ४, ६ र ७ नम्बर वडाका बासिन्दा विस्थापित बनेको स्थानीय प्रशासनले जनाएको छ। बेमौसमको वर्षासँगै आएको बाढीले क्षति पुर्‍याउनुका साथै घरहरु डुबानमा परेपछि विस्थापित भएकाकाहरु नजिकैको विद्यालयमा आश्रय लिएर बसिरहेका छन्। कतिपय परिवार त्रिपालमुनि बसिरहेका छन्।मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार बाढी तथा डुबानका कारण सुनवर्षीको ६ र ७ नम्बर वडा सबैभन्दा बढी प्रभावित बनेका छन्। ‘बाढीका कारण विस्थापित भएकाहरु कष्टकर जीवन बिताउन बाध्य

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ११४ पटक पढिएको
  • चङ्गा उडाउने सपना साँच्दै डोम बालबालिका

    महोत्तरी कार्तिक ६ गते। दीपावली (तिहार) र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अतिविपन्न डोम जातिको बसोबासका बस्तीमा राम्रो कमाइ हुने आशमा खुसी छाएको छ ।मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्ला(चाल्नो, पङ्खा र अन्य खेलौँनाको माग हुने भएको हुँदा यस्ता सामान बनाउने पुख्र्यौली व्यवसाय अँगाल्दै आएका डोम बस्तीमा अहिले खुसी छाएको हो ।वर्षभरि अभाव नै अभावमा बित्ने डोम समुदायमा ससाना नानीहरुको रहर र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ । “ससाना नानी र घरपरिवारका रहर त हाँमी गरिबका घरमा पनि हुन्छन्”, पर्व विशेषका लागि चोयाको

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ९९ पटक पढिएको
  • पत्रकार गुप्ताको निधन

    सिरहा,कार्तिक ६ गते । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष तथा पूर्व सिरहा जिल्ला सभापति रामानन्द प्रसाद गुप्ताको निधन भएको छ । सिरहाको लहान नपा १ का पत्रकार गुप्ताको उपचारको क्रममा शुक्रबार राती दुई बजेर ३० मिनेटमा  विराटनगरमा निधन भएको हो ।उच्च रक्तचापका कारण बिहिबार अबस्था गम्भीर बनेपछि पत्रकार गुप्तालाई विराटनगरस्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।गुप्ताको शव आजै  अन्तिम संस्कार गरिने नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज बनैताले जानकारी दिए ।लामो समयदेखि पत्रकारीताका सक्रिय गुप्ताका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १०६ पटक पढिएको
  • १२ जना जुवाडे १ लाख ७१ हजार नगदसहित पक्राउ

    वीरगन्ज,कार्तिक ५ गते । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ बडेर्वाबाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ। बडेर्वा स्थित नन्दलाल दासको गोठमा बिहीबार राति रकमको हारजित हुने गरी जुवा ९तास० खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो। विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कर्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेकै अवस्थामा उनीहरुलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय कोशीया ठाकुर, २६ वर्षीय वीरेन्द्र सहनी, २९ वर्षीय सुरेश साह, वडा नम्बर १ का २४ वर्षीय

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १२९ पटक पढिएको
  • सल्यानमा खोलाले बगाउँदा एक जनाको मृत्यु

    सुर्खेत,कार्तिक ५ गते । सल्यानमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा बन्गाड कुपिण्डे नगरपालिका–११, माझकाँडाका ६० वर्षीय लिले बुढाको मृत्यु भएको हो ।कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो खेतमा लगाएको धान हेर्न जाने क्रममा बुढालाई माझकाँडा खोलाले बगाएको थियो ।खोला तर्ने क्रममा बगेका उनी खोलादेखि करिब २५ मिटर तल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ८८ पटक पढिएको
  • बागमती र प्रदेश १ मा मुख्यमन्त्री र सभामुखको जालझेल

    काठमाडौं,कार्तिक ५ गते । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरे । तर, प्रदेशसभामा त्यसउपर छलफल र मतदान गर्ने प्रयोजनका लागि कात्तिक ७ गतेलाई बैठक राखिएको छ । आचार्यले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा भने २५ असोजमै दर्ता भएको थियो ।संवैधानिक बाध्यतापछि मात्रै विश्वासको मत सम्बन्धी प्रस्ताव दर्ता गर्ने, त्यसपछि सातारदश दिन पछि बैठक राख्ने र विश्वासको मत माग्नेसम्बन्धी प्रस्ताव पेस गर्ने, केही दिन बैठक स्थगित गरेर अर्को बैठकमा उक्त प्रस्तावमाथि छलफल गर्ने, फेरि केही दिन स्थगित गरेर मतदानका लागि समय तोक्ने प्रवृत्ति प्

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ९० पटक पढिएको
  • धनुषामा गहना लुटन घाँटी रेटेर हत्याको प्रयास

    सिरहा,कार्तिक ५ गते । धनुषामा एक महिलाको घाँटी रेटेर हत्याको प्रयास भएको छ । धनुषा विदेह नगरपालिका(६ गिद्धाका रामबहादुर मण्डलकी ५५ वर्षीया श्रीमती जमुनी देवी मण्डल केवटले लगाएको गहना लुट्न छुराले घाँटी रेटेर हत्या गर्ने प्रयास भएको हो ।शुक्रबार बिहान सावा दश बजे घाँस काट्न चौरमा गएकी जमुना देवीले खुट्टामा लगाएको चाँदीको गहना ९काँरा० र सुनको मंगलसुत्र खोस्न उनलाई छुराले घाँटी रेटेर हत्याको प्रयास भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।स्थानीय भुट्टा चोर भनिने २५ वर्षीय रामभजन महतो सुडीले घाँटी रेटेर हत्या गर्ने प्रयास गरेको बुझिएका एक प्रहरीले जानाएका छन् । छुराले घाँटी रेटेपछि  करा

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १२८ पटक पढिएको
  • सिके राउतका कार्यकर्तालाई कारवाही कडा कारवाहीको माग ,नगरे आन्दोलन गर्ने इन्जिनियरहरूको चेतावनी

    सिरहा,कार्तिक ५ गते । जनकपुरधामका इन्जिनियरहरूले आन्दोलनको चेतावनी दिएका छन्। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई भेटेर कारवाही नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका हुन्। जनकपुरधाममा बिहीबार जनमत पार्टीको कार्यक्रताले गरेको अपराधिक गतिविधिमा संलग्नलाई कडा कारवाहीको माग इन्जिनियरहरुले गरेका छन्। कारबाहीको अनेक तरिका र विधि हुँदाहुँदै कर्मचारीलाई नाङ्गो शरीर गोबर हिलो दलेर शहर घुमाउनु सामाजिक अपराध रहेको सिरहा निर्वाचन क्षेत्र नं.४ (ख) का प्रदेशसभा सदस्य सुरेश मंण्डलले समाजिक सञ्जालमा लेखेका छन्।  फेसबुकमा आफ्नो प्रतिकृया राख्दै सुरेश मण्डलले लेखेका छन, ‘मानवता म

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १६६ पटक पढिएको
  • प्रहरी, सशस्त्र र अनुसन्धान विभागमा अब "तँ" शब्द प्रयोग गर्न नपाइने

    सिरहा,कार्तिक ५ गते । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुन सुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नु पर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाणले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न निर्देशन दिएका हुन्। मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए।संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको नेपाल प्रहरीले बता

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १२६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२