सिरहा,कार्तिक ६ गते । गोलबजारमा एक पुरुषको शव फेला परेको छ ।
गोलबजार नपा ५ ग्रामिण बजारमा मृत अवस्थामा सिरहाकै कल्याणपुर नपा ५ निर्दनाका करिव ३८ वर्षिय मितन सहनी(मलहा)को शव फेला परेको प्रहरीले जनाएको छ ।
मलाह करिब एक महिना अगाडि घरबाट निस्केको पारिवारिक श्रोतले जनाएको छ । उनको अत्यधिक लोकल मदिरा सेवनबाट मृत्युभएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
शव पोष्टमार्टमको लागि जिल्ला अस्प्ताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




















