विराटनगर,कार्तिक ७ गते – मोरङको लेटाङमा मोटरसाइकलको ठक्करबाट आइतबार एक महिलाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–९ मा मे ८ प १९२६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी ५० वर्षीया अम्बिका ढकाललाई बिहान ९ ः३० बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए ।

उनका अनुसार घटनाका बारेमा थप अनुसन्धान थालिएको छ