बारा,कार्तिक २७ गते – पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–५. का ३५ वर्षीय मनोजप्रसाद जैसवाल रहेका छन्।उनलाई प्रहरीले बिहीबार राति खोपवा बजारबाट पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए। उनको साथबाट पेस्तोलसँगै एक राउन्ड गोली पनि बरामद भएको मिश्रले बताए।बारागढी गाउँपालिका–३ स्थित खोपवा बजारमा झगडा भइरहेको स्थानबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रदेश–३–०२–०१०प ७१२३ नम्बरको मोटरसाइकलमा बसिरहेका जैसवालको तलासी लिँदा कम्मरबाट पेस्तोल बरामद भएको मिश्रले बताए।प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ
सप्तरी,कार्तिक २६ गते इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रमुख ४६ वर्षीय डीएसपी लोकनाथ तिम्सिनाको शुक्रबार निधन भएको छ। काठमाडौं महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा डीएसपी तिम्सिनाको बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी माधवप्रसाद काफ्लेले बताए।दशैं अघि बिरामी भएका तिम्सिनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना गरिएको थियो। धरानबाट नोबेल अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका तिम्सिनाको अवस्थामा सुधार नआएपछि उनलाई केही दिनअघि हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको थियो।निमोनियाबाट पीडित तिम्सिनाको उपचारकै क्
सिरहा,कार्तिक २६ गते – विष्णुपुर गाउँपालिकाका अध्यक्ष चढ्ने सरकारी नम्बर प्लेटको गाडी दुरुपयोग गरेको भन्दै जनप्रतिनिधि र स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । छठ पर्वको दिन अध्यक्षका आफन्त र कार्यकर्ता चढेर रातको समयमा घुमिरहेको अवस्थामा स्थानीय जनप्रतिनिधिले नै बा२झ ३६४३ नम्बरको स्कारपिओ नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका हुन् ।उक्त गाडीमा पालिकाको कुनै कर्मचारी र जनप्रतिनिधि, ड्राईभरसमेत नभएकाले स्थानीयवासी र जनप्रतिनिधिले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताइएको छ । रातको समयमा बाटोमा दुई तीन पटक गाडी दौडाएपछि आफूहरुले रोकेर हेर्दा कर्मचारी र जनप्रतिनिधि कोही नदेखेपछि
सिरहा,कार्तिक २६ गते – गत बिहीबार तोलामा एक हजार ३०० रुपैयाँ बढेर ९४ हजार रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार थप ४०० रुपैयाँ वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढ्दै ९४ हजार ४०० रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत शुक्रबार ४०० रुपैयाँले नै बढ्दै ९३ हजार ९०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने गत बिहीबारको तुलनामा थप १५ रुपैयाँले वृद्धि हुँदै एक हजार २८५ रुपैयाँ पुगेको छ
सिरहा,कार्तिक २६ –गते । नेपालमा भेरोसेल र एस्ट्राजेनेका गरी झन्डै १५ लाख मात्रा खोप आएको छ । बिहीबार दिउँसो चीनबाट १० लाख मात्रा भेरोसेल खोप नेपाल आएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा खरिद शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बिहीबार थप १० लाख मात्रा भेरोसेल खोप आएको बताउनुभयो । उहाँले बुधबार राति स्विजरल्यान्डबाट थप चार लाख ९२ हजार मात्रा कोरोनाविरुद्धको खोप आएको जानकारी दिनुभयो । कोभ्याक्स सुविधाअन्तर्गत र स्विजरल्यान्ड सरकारले चार लाख ९२ हजार डोज एस्ट्राजेनेका खोप नेपाल आएको हो । ढुङ्गानाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत तीन लाख ४८ हजार मात्रा र स्विजरल्यान्ड सरकारले एक लाख ४४ हजार
दाङ,कार्तिक २६ गते –राप्ती गाउँपालिका-१ पाखापानीबाट १ ग्राम ९२ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय उमेश गुरुङ रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कैलाली,कर्तिक २६ गते –बर्दगोरिया गाउँपालिका(२ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सिरहा,कार्तिक २६ गते – नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् ।समाजवादीको आयोजनामा मंसिर ७ गते धनुषाको विदेह नगरपालिका तीनकौरिया चोकमा हुन लागेको आमसभाको क्रममा नेता झाले औपचारिक रुपमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ । समाजवादी पार्टी अध्यक्ष माधव नेपालको सहभागिता रहने बताइएको छ । आमसभाको तयारी बैठक शुक्रबार हुने कार्यक्रम रहेको छ । माओवादी केन्द्र प्रति आप् mनो कुनै असन्तुष्टि नरहेको बताउंदै नेता झाले माधव नेपालसंग काम गरी आफुले कम्युनिष्ट आन्दोलनमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने भएकोले समाजवादी प्रवेश गर्न लागेको स्पष्ट पारेका छन
सिरहा,कार्तिक २५ गते – धनुषामा दुई मोटरसाइकल एकआपसमा ठोकिदा एकजनाको मृत्यु भएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं। ५ महेन्द्रनगरस्थित जनकपुरधाम(ढल्केवर सडक खण्डमा एकआपसमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ ।ढल्केवरबाट जनकपुरतर्फ गइरहेको ज ९ प २३५५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट तीन जना सवार प्रदेश २–०१–००१ प ४८५८ नम्बरको मोटरसाइकल बुधबार राति १० बजे एकआपसमा ठोक्किएका थिए ।ठक्करबाट मुत्यु हुनेमा प्रदेश २–०१–००१ प ४८५८ नम्बरको मोटरसाइकलका चालक रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले बताए । उनले मृतक चालकको नामथर र ठेगाना तत्काल खुल्न नसकेको
सिरहा,कार्तिक २५ गते – मिर्चैया नगरपालिका वडा नं। ४ स्थितमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले ऐ।ऐ। बस्ने अं।बर्ष २८ को अनिथा महरा आँपको बगैचामा घुमफिर गरिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट लागू औषध गाँजा अं।१०० ग्राम र नाईट्रोभेट १० लेखेको ट्यावलेट ५ पत्ता (५x३०) १५० पिस सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट थप अनुसन्धान कार्य भईरहेको ।
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.