कैलाली,कार्तिक २९ गते – गौरीगंगा नगरपालिका–९ शंकरपुरबाट करिब १० ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने वस्तु       सहित लम्कीचुहा नगरपालिका–१ लम्की बसपार्क बस्ने १९ वर्षीय सन्देश पहाडीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय मसुरिया र अस्थाई ट्राफिक प्रहरी पोष्ट मसुरियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो । 

       यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ