सिरहा,कार्तिक २९ गते । नेपाल बिधुत प्राधिकरण गाडीको ठक्करबाट आज दिउसो एक बालको मृत्यु भएको छ ।

सिरहाको धनगढीमा नपा १० मुसहर्निया स्थित लोकमार्गमा ओभर स्पीडका कारण अनियन्त्रित भई गाडीको ठक्करबाट धनगढीमा नपा १० बस्ने किसन बहादुर तामाङ्गको १० वर्षीय छोरा नरेश बहादुर तामाङ्गको उपचारको लागी लग्दै गरेको अबस्थामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय घनगढीले बताउनु भयो ।  

पश्चिबाट पुर्व जादै गररेको बा.१ ञ. २०९३ स्कारपियो अनियन्त्रित भईे पैदल यात्री नरेशलाई ठक्कर दिदै सडकबाट खेतमा झरेका थिए ।

253310998_1302754546852550_4201159482850390026_n

गाडीमा सवार नेपाल विधुत प्राधिकरण  हेटौडा,भरतपुर वर्दघाट २२० के.भी. प्रसारण लाईनका आयोजना प्रमुख नरेश कुमार खड्का सख्त घाईते भएको प्रहरीले जनाएको छ ।  घाईते प्रमुखको छातीमा विशेष चोट लागेको र चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले  जनाएको छ । 

मृतक तामाङ्गको शब लहान अस्पतामा लगिएको परिवारजनले बताए । 

255091007_923961978501180_3250134193908527621_n