X wada

मुख्य समाचार

    Showing २,५२१-२,५३० of २,९७२ items.
  • जबरजस्ती करणी गरेको अभियोगमा छुटा छूटै स्थानबाट दूई जना पक्राउ

    सिरहा,मंसिर १० गते – १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका(१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई  विवाह गर्ने, शहर लगी घुमाई दिने, सिनेमा देखाइ दिने तथा राम्रा लुगा कपडाहरू खरिद गरिदिने जस्ता विभिन्न प्रलोभन देखाई गत जेठ १० गतेदेखि असोज ६ गतेसम्म विभिन्न स्थान तथा खेतमा लगी अन्सारीले पटकपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १११ पटक पढिएको
  • आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

    पाल्पा,मंसिर १० गते – आफ्नै ६० वर्षीया आमा मेनु सारुको कुटपिट गरी हत्या गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका– ८ पेलाचौर बस्ने ४३ वर्षीय कृष्ण सारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी सारुले आफ्नै आमालाई सालको काठले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त  हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १०९ पटक पढिएको
  • जनगणनाका एक गणकले गरे आत्महत्या, दुई जनाको मृत्यु

    सिरहा,मंसिर १० गते – जनगणनाका दौरान तीन जना गणकको ज्यान गएको छ । तथ्यांक विभागका अनुसार रसुवामा एक गणकले आत्महत्या गरेका छन् । धादिङमा भने भीरबाट लडेर एक जना गणकको मृत्यु भएको छ । कैलालीमा भने हर्ट अट्याक आएर एक जना सुपरीवेक्षकको मृत्यु भएको विभागले जनाएको छ ।जनगणनामा ४० हजार गणक र ८ हजार सुपरीवेक्षक खटिएका थिए । मृतकलाई बिमाबापत क्षतिपूर्ति दिइने भएको छ । देशभर छिटपुट घटना भने धेरै भएको महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १६९ पटक पढिएको
  • धनुषा : ट्याक्टरमा च्यापिएर एक यूवकको मृत्यू

    सिरहा,मंसिर १० गते – धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा आज विहान ट्याक्टरमा च्यापिएर एक युवकको मृत्यू भएको छ । मृत्यू हुनेमा क्षीरेश्वरनाथ नगरपालिका ७ का २५ वर्षीय चेतन महतो छन् । बालुवा अनलोड गर्ने क्रममा ज। १ त। ४१७२ नम्बरको ट्याक्टर पल्टिदा महतोको मृत्यू भएको प्रहरीले जनाएको छ । पल्टिदा महतो ट्याक्टरमै बसेका थिए । उनको च्यापिएर मृत्यू भएको प्रहरीको भनाई छ 

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १७१ पटक पढिएको
  • माग बढी, आपूर्ति न्यून

    सिरहा,मंसिर १० गते – रासायनिक मल (डीएपी)को चरम अभाव भएको छ । अहिले गहुँ, तरकारी, दालबाली, तेलहनबाली, उखुबाली लगाउने बेला भएको छ तर डीएपी मल नपाएर किसान हैरान भएका छन् । कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार कात्तिक, मङ्सिर र पुसका लागि डीएपी मात्र ५० हजारदेखि ६० हजार मेट्रिक टन चाहिन्छ ।मलका गोदम रित्ता छन् । किसान मलका लागि बिक्री केन्द्रहरूमा जाँदा खाली हात फर्किनुपरेको छ । हाल नेपाल सरकारसँग हाल दुई हजार २५६ मेट्रिक टन मल मात्र मौज्दात छ । यो मल ‘हात्तीको मुखमा जिरा’जस्तो भएको छ । कहीँकतै बिक्री वितरण भइरहेको छ भने महँगोमा लुकिछिपी बिक्री भइरहेको छ । सिरहाका कृषक श्रीदेव यादव भन्नुहुन्छ, “धा

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १३१ पटक पढिएको
  • प्रधानमन्त्री देउवा र भाजपाका नेताबीच भेटवार्ता

    काठमाडौं,मंसिर १० गते –  प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा) का नर्ता पूर्वकेन्द्रीय मन्त्री डा. हर्षवर्द्धन र भाजपाका राष्ट्रीय सचिव हरिश द्विवेदीबीच शिष्टाचार भेटवार्ता भएको छ। नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन नेपाल आएका नेताहरुले शुक्रबार प्रधानमन्त्री देउवसँग भेटघाट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।भेटका क्रममा  पछिल्लो  राजनीतिक अवस्था, दुई देशबीचको पारस्परिक सम्बन्धका बारेमा छलफल भएको जनाइएको  छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निमन्त्रणमा भाजपाको तर्फबाट नेता द्वय नेपाल आएका हुन्।   एमालेको १० औँ राष्ट्

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १३६ पटक पढिएको
  • ४० जिल्लामा अधिवेशन आज

    सिरहा, मंसिर १० गते – नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शुक्रबार ४० भन्दा बढी जिल्लामा पार्टीको जिल्ला अधिवेशन हुँदैछ । निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले दुई वटाभन्दा बढी निर्वाचन क्षेत्र भएका ४० भन्दा बढी जिल्लामा जिल्ला अधिवेशन गरिने जानकारी दिनुभयो । काँग्रेसको विधानअनुसार पार्टीका जिल्ला कार्यसमितिमा सभापति, दुई जना उपसभापति दुई जना सचिव र दुई जना सहसचिव निर्वाचित हुने प्रावधान छ । जिल्ला कार्यसमितिका सबै पदाधिकारी निर्वाचनको माध्यमबाट चुनिने व्यवस्था छ ।कोषाध्यक्ष भने पार्टीको जिल्ला सभापतिले निर्वाचित सदस्यमध्येबाट मनोनीत गर्ने प्रावधान छ । सदस्य निर्वाचन क्षेत्

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १४६ पटक पढिएको
  • सौराहाको ढुंगामा गैंडा

    चितवन,मंसिर १० गते – अर्को पट्टी दाह्रा निकालेको हात्ती। माथिल्लो भागबाट अजिङ्गर निस्केको छ। पूर्वतर्फ फर्किएको दुर्लभ एक सिङ्गे गैंडा छ। यो देखेर मानिसहरू एकछिन अडिन्छन्। यो दृष्य देखेपछि धेरैलाई फोटो खिच्न हतारो हुन्छ। यी सब ढुंगालाई कुँदेर बनाइएका आकृति हुन्। सौराहास्थित राप्ती नदी घुम्न पुगेकालाई यी आकृतिले आकर्षित गर्ने गरेको छ। खोलाबाट ल्याइएको आकार नमिलेको ढुंगामा कलाकार आकृति दिन कस्सिएका छन्। ६ जना कलाकार चट्टानलाई खोपेर वन्यजन्तुको आकार निकाल्न एक हप्तादेखि ग्राइन्डरको सहायताले मेहनत गरिरहेका छन्। ‘कथाले मागेको भनेझैं भएको ढुंगाको आकार हेरेर रुप दिएका हौं’, झापाको दमकबाट आएका कल

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १७६ पटक पढिएको
  • रोमानियाको भिसा नेपालमै दिन आग्रह

    सिरहा,मंंसिर १० गते – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीका लागि आवेदन र भिसा दिने व्यवस्था गर्न नेपालका लागि रोमानियाका नवनियुक्त राजदूत डेनियला सेजोनोभ टेनसँग आग्रह गर्नुुभएको छ । बिहीबार मन्त्री श्रेष्ठ र राजदूत डेनियलाबीच भएको भेटमा सो आग्रह गरिएको हो । नेपालबाट रोमानिया जान चाहनेहरू आवेदन र भिसाका लागि भारत जानुुपर्ने भएकाले अब नेपालमै त्यसको व्यवस्था गर्न उहाँले आग्रह गर्नुभएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।उहाँहरूबीचमा दुई देशबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । श्रममन्

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १६० पटक पढिएको
  • लैंगिक हिंसा विरुद्ध अभियान

    सिरहा,मंसिर १० गते – घर बाट सुरु गरौ ,महिला हिँसा अन्त्य गरौ भन्ने मूल नाराको साथ बिहीबारदेखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।अभियानको पहिलो दिन रौतहटको विभिन्न नगरपालिका , गाउंपालिकाहरुमा जनचेतनामूलक नारा लगाउदै महिला हिंसा तथा लैंगिक हिंसा अन्त्य गरौ भन्दै अभियान सुरु गरिएको हो । राजदेवी नगरपालिकाका नगर उपप्रमुख अंशु कुमारी सिंहको अगुवाईमा ग्रामिण विकास केन्द्र नेपालको सहयोगमा महिला हिंसा बन्द गरौ , हातमा कपी कलम साथ भए जीवन आफ्नो हात हुने जस्ता नारा लेखिएको प्लेकार्ड सहित वडा नम्बर ६ को दलित वस्तीबाट सुरु गरिएको ¥याली वडा नम्बर ७ को परिक्रमा गर्दै नगरपालिका कार्यालयमा गइ

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १०७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२