सिरहा, मंसिर १३ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.२ स्थित भवानीपुरमा नेपाली कांग्रेसबाट तीन पल्ट गा.वि.स. अध्यक्ष हुनुभएका गहुमलाल चौधरीको सम्पूर्ण टिम सहित सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । dhnagado

आज नेकपा माओवादी केन्द्रले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी उहाँहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादीको वैचारिक सैद्धान्तिक र काम गर्ने शैलीप्रति आकर्षित भई माओवादीमा प्रवेश गरेको पूर्व अध्यक्ष गहुमलाल चौधरीले जनाउनुभयो ।

dha 3

आयोजित पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश नं.२ का सह इन्चार्ज विश्वनाथ साह, केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगरप्रमख हरिनारायण चौधरी लगायतले फुल माला र अबिर लगाई पार्टी प्रवेश गराउनुभएको हो । 

dh 21

पूर्व अध्यक्ष गहुमलाल चौधरीसँगै स्थानीय युवा नेता सुजित चौधरी, ज्ञानदिप चौधरी, जसकरण साह, अरविन्द मण्डल, लखन मण्डल, जनककुमारी चौधरी, लखन मण्डल, जीवछ महतो, सुरेन्द्र प्रसाद चौधरी, विरेन्द्र कुमार चौधरी, सोमा चौधरी लगायत सयौं जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।