X Sharama Funecure

मुख्य समाचार

    Showing २,४२१-२,४३० of २,९४७ items.
  • रामजानकी विवाह पञ्चमी सुरु

    सिरहा,मंसिर १८ गते –जनकपुरधाम स् रामजानकी विवाहपञ्चमी महोत्सव जनकपुरधाममा आजदेखि सुरु भएको छ । सात दिवसीय सो महोत्सवको पहिलो दिन आज नगर दर्शन रहेको छ ।नगरदर्शनमा भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडा बालबालिकालाई जानकी मन्दिरको प्रागंणमा मिथिलानगर बनाएर घुमाइन्छ ।आज जानकी मन्दिर प्रांगणमा यो कार्यक्रम आयोजन हुने जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णवले जानकारी दिए । नगरदर्शन हेर्न जानकी मन्दिरमा आजको दिन श्रद्धालुको भीड लाग्ने गर्द छ ।र्शनार्थीहरूले राम लक्ष्मणलाई फूलैफूलले स्वागत गर्दछन् । आजदेखि सुरु भएको विवाहपञ्चमी महोत्सव मंसिर २३ गतेसम्म चल्ने छ । भोलि शनिबार फूलबारी लीला, मंस

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • १६९ पटक पढिएको
  • वीरगञ्ज नाकामा उच्च सतर्कता

    सिरहा,मंसिर १८ गते –  भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ् क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ् कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावनालाई मध्यनगर गरी केन्द्रको बैठकमार्फत थप सजगता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई आगामी आवश्यक निर्णय लिनका लागि ‘एक्सन प्लान’ बनाउने जिम्मा दिइएको प्रजिअ ढकालले जानकारी दिनुभयो । प

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • १३५ पटक पढिएको
  • पानी सुक्दा बाघलाई हैरान

    सिरह,मंसिर १८ गते –  १२ वर्षअघि नै नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुर्‍याउने लक्ष्य राख्यो। तर, २०१८ को गणनामा नै संख्या २ सय ३५ पुग्यो। यो तथ्यांकलाई हेर्दा अबको गणनामा लक्षित वर्षअघि नै बाघको संख्या बढ्ने देखिन्छ। बाघ गणना आइतबारबाट सुरु हुँदैछ।   सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा १२ वर्षमा बाघ दोब्बर बनाउने लक्ष्य लिएको थियो। उक्त समयमा नेपालमा १ सय २० वटा बाघ थिए। २०२२ सम्ममा त्यसलाई २ सय ५० बनाउने लक्ष्य थियो, जुन सो समयमा सोच्दा चुनौतीपूर्ण लाग्थ्यो। तर, २०१८ को गणनाले नेपालमा २ सय ३५ वटा बाघ पुगेपछि नेपाल उत्साहित बनेको

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • ९८ पटक पढिएको
  • सामुन्द्रिक चक्रवातको प्रभाव

    सिरहा,मंसिर १८ गते – जल तथा मौसम विज्ञान विभागले तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार जवाद नामको सामुन्द्रिक चक्रवात र पश्चिमी न्यून चापिय प्रणालीले वर्षा र भारी हिमपातको सम्भावना रहेको जनाएको छ।जारी बुलेटिनमा भनिएको छ,‘बंगालको खाडीको मध्य पश्चिम भु(भागमा शुक्रबारबाट जवाद नामको सामुन्द्रिक चक्रवात बनेको छ। चक्रवात शनिबार बिहान ओडिसाको तटिय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर उत्तर पुर्वतर्फ सर्ने देखिएको छ।’ चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने सम्भावना नरहेतापनि यसको अप्रत्यक्ष प्रभावले शनिबार रातीबाट प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्र

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • १४१ पटक पढिएको
  • आज सुर्य ग्रहण लागदै

    सिरहा,मंसिर १८ गते – सूर्यग्रहण लाग्दै छ । पञ्चाङका अनुसार यो सूर्य ग्रहण मार्गशीर्ष मासको अमावश्याका दिन लाग्न गइरहेको छ । यो ग्रहण वृश्चिक राशि तथा ज्येष्ठा नक्षत्रमा लाग्नेछ । यो अंग्रेजी वर्ष २०२१ को अन्तिम ग्रहण हो ।यो सूर्यग्रहण अन्टार्टिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, दक्षिण अमेरिका तथा एटलान्टिकको दक्षिणी भागबाट मात्र देखिनेछ । यो ग्रहण नेपालमा नदेखिने हुँदा यसको सूतक बारिरहनु पर्दैन । सूर्यग्रहणको समय २०२१ को पहिलो सूर्यग्रहण जेठ २७ गते बिहीबार ९१० जुन० मा लागेको थियो । आज ९शनिबार० लाग्ने यो सूर्य ग्रहण अंग्रेजी वर्ष २०२१ को दोस्रो सूर्यग्रहण हो । यो ग्रहण नेपाली समयअनुसार बिहान ११स्

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • १४६ पटक पढिएको
  • पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु शून्‍य

    सिरहा,मंसिर १७ गते । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । बिहीबार भने ६ जनाको मृत्यु भएको थियो ।पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।६ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र १ हजार ४ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।कोरोना संक्रमणमुक्त हुनेको संख्या भने ३४७ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमति संख्या ६९२१ रहेको छ ।शुक्रबार थ

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १८७ पटक पढिएको
  • कांग्रेस:सर्लाहीमा अधिवेशन गराउन सकस, चौथो निर्वाचन अधिकृत पठाइयो

    सिरहा,मंसिर १७ गते । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आउन एक साता मात्रै बाँकी रहेका बेला सर्लाहीमा भने वडा अधिवेशन  पनि हुन सकेको छैन । जिल्लामा कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण अधिवेशन हुन नसकेको हो ।केन्द्रीय निर्वाचन समितिले पठाएका निर्वाचन अधिकृत अधिवेशन गराउन नसकेर राजीनामा दिँदै फर्किएपछि सर्लाहीमा अधिवेशन अनिश्चित बनेको हो । यसअघि केन्द्रले पठाएका तीन जना जिल्ला निर्वाचन अधिकृतले राजीनामा दिएपछि बिहीबार चौथो निर्वाचन अधिकृत पठाइएको निर्वाचन समितिले जनाएको छ ।निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका अनुसार पछिल्लो पटक अरूण ज्ञवाली निर्वाचन अधिकृतका रुपमा सर्लाही गए

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १२४ पटक पढिएको
  • गोदाममा आगलागी , नियन्त्रणका लागि ६ दमकल खटाइयो

    सिरहा,मंसिर १७ गते । सोह्रखुट्टेको नयाँ बजारमा रहेको ब्ल्याङ्केटको गोदाममा आगलागी भएको छ ।शुक्रबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् ।महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालका अनुसार वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ११७ पटक पढिएको
  • रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ

    जाजरकोट,मंसिर १७ गते – बारेकोट गाउँपालिका–८ सेपुखोलास्थित कौशीला कटेज एण्ड रेष्टुरेन्टबाट रेडपाण्डाको जस्तो देखिने छाला १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–३ बस्ने ३५ वर्षीय लोक बहादुर रोकाय र सोही ठाउँ बस्ने २० वर्षीय गोरख बहादुर रोकाय रहका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ७९ पटक पढिएको
  • जनकपुरधाममा माछा,मासु र मदिरा विक्रीमा रोक

    सिरहा,मंसिर १७ गते – विवाह पञचमीलाई लक्षित गरी जनकपुरधाम नगर क्षेत्रमा शुक्रबार ९आज० देखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाइएको छ । जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गर्दै माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको हो । विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै आजदेखि मंसिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री वितरण पूर्ण रूपले निषेध गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले बताए । आजदेखि जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु हुँदैछ । पहिलो दिन जनकपुर नगर दर्शन गरिँदैछ 

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ११८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२