सिरहा,मंसिर २२ गते –  झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची खोलाको पुरानो पुलबाट २३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सल्यान वनगाड नगरपालिका–१ बस्ने ३० वर्षीय रमेश डिसीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

 नेपालगंज उपमहानगरपालिका(१५ जमुनाहबाट ४ ग्राम २ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही उपमहानगरपालिका–१८ बस्ने २४ वर्षीय शुशान्त शाहीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका–३० बाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका–१० बस्ने १८ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । बा.३ ख ७१०४ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

बुटवल उपमहानगरपालिका–९ ईटाभट्टीबाट करिब २ ग्राम ५१ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगद ७९ हजार १ सय ८० रुपैयाँ सहित सोही ठाउँ बस्ने ३३ वर्षीय अशोक कानुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धाम प्रहरीले थप अनुसन्धान गरिरहेको छ