सिरहा,मंसिर २४ गते । रातीपख देखापर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए ।

उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पालगायतका बस्तीमा दिनहुँजसो आतङ्क मच्चाउँदै आएको छ । बुधबारमात्रै सिम्लेका कृष्णप्रसाद राईको घरमा हात्तीले क्षति पु¥याएको छ । राईको घरमा राखेका धानसहित अन्नबाली खाएर नष्ट पारेको हो ।

दिनुहुँजसो हात्तीले बस्तीमा आतङ्क मच्चाउँदै आएपछि स्थानीयवासीले हात्ती नियन्त्रणको माग गदैआएका छन् । त्यस बस्तीमा बर्सेनि हात्तीले क्षति पु¥याउँदै आएको छ ।