X wada

मुख्य समाचार

    Showing २,३८१-२,३९० of २,९७२ items.
  • आगलागिबाट करोडोको क्षति

    जनकपुर,मंसिर २५ गते – सर्लाहीको हरिवनस्थित एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ ।हरिवन नगरपालिका–११ मा बिक्रम नेपालले संचालन गरेको नेपाल इलेक्ट्रोनिक्स शनिबार शुक्रबार राति साढे एक बजेतिर विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीले पसलमा बिक्रीका लागि राखिएको टेलिभिजन, फ्रिसहितका सामान र पसल बाहिर पार्किङ गरी राखिएको ज। २ प। ९५७६ नम्बरको मोटरसाइकल समेत पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । उनका अनुसार आगलागीबाट एक करोड बराबरको क्षति भएको छ । नेपाल प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा राति साढे २

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • १३८ पटक पढिएको
  • दुई सातामा १९ हजारलाई कोरोनाविरुद्धको खोप

    सिरहा,मंसिर २५ गते – ओखलढुंगामा कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप अभियान तिव्र पारिएको छ । ५ मंसिरदेखि विभिन्न समयमा दुई चरणमा सञ्चालित खोप अभियानमा १९ हजारले खोप लगाइ सकेका छ ।  जिल्लाका आठ स्थानीय तहमा दुई चरणमा लगाइएको खोप पहिलो चरण लगाएकालाई दोस्रो र पहिलो चरण छुटेकालाई पहिलो डोज खोप लगाइएको हो । एक सय ७५ वटा खोप केन्द्रमा सञ्चालित खोप अभियानबाट १९ हजार नागरिक लाभान्वित भएको स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख अहमद मन्सुरीले जानकारी दिए । खोप अभियानमा छुटेका नागरिकलाई स्वास्थ्य संस्थाबाट समेत खोप  दिने व्यवस्था गरिने उनको भनाइ छ । जिल्लामा यसअघि पनि दुई चरणमा खोप अभियान सञ्चाल

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • १४९ पटक पढिएको
  • कारागारमा विरोध प्रदर्शन

    सिरहा,मंसिर २५ गते – सप्तरीको राजविराज कारागारमा भइरहेको अनियमितता रोक्न तथा दोषिमाथि कारवाहीको माग गर्दै कैदीबन्दीहरुले शुक्रबार भोकहड्ताल सहित विरोध प्रदर्शन गरेका छन् ।कारागार भित्र संचालित किराना पसलमा आफूहरुसित चर्को मूल्य लिएर समान बिक्री गर्ने गरेको, भेट्न आउने आफन्तहरुसंग दुव्र्यवहार गर्ने गरेको तथा सरकारले उपलब्ध गराए अनुसारको सेवा सुविधा नदिएको भन्दै कारागारको ए ब्लकका १ सय ७९ जना कैदीबन्दी आन्दोलनमा उत्रेका हुन् । उनीहरुले जेलर सुमन कोइराला, कार्यालय सहयोगी चन्दन यादव, नाइके विजय यादव लगायतको बन्दीको सरुवाको माग समेत अघि सारेका छन् । सरकारले दिए अनुसारको सेवा सुविधा नदिनुका साथै कार

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • १३९ पटक पढिएको
  • जनकपुरमा बाइस जोडीको सामूहिक विवाह

    सिरहा,मंसिर २५ गते ।  जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लाका २२ जोडीको विवाह गराइएको हो ।सीताराम विवाह पञ्चमी महोत्सव सकिए लगत्तै मन्दिर परिसरमा आयोजित सामुहिक विवाह समारोहमा विभिन्न जातजातीका जोडीको विवाह गराइएको विश्व हिन्दु परिषद् नेपाल धनुषाका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिए। विश्व जगतमा जनकपुरस्थित जानकी मन्दिर प्रसिद्ध विवाहस्थलका रुपमा रहेको प्रचार प्रचारसँगै विकास गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • १३९ पटक पढिएको
  • प्रकाशमानको प्यानलबाट सुजाता उपसभापति !

    काठमाडौं,मंसिर २५ गते। नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् ।कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जानकारी दिए ।प्रकाशमान निकट बानियाँले भने, ‘अहिलेसम्मको समझदारी त्यही हो । उहाँ प्रकाशमान दाइको टिमबाट उपसभापति लड्नुहुन्छ ।’सभापति बानियाँले पदाधिकारीका लागि संस्थापन र पौडेल समूहका नेताहरूसँग छलफल भइरहेको बताए ।सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमानले अहिले केहीबेरमा आफ्नो अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।कांग्रेसको निर्वाचन प्रक्रिया आजदेखि शुरु भएको छ । आज उम्मेदव

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • १३८ पटक पढिएको
  • माओवादी प्रदेश सम्मेलन आज

    सिरहा,मंसिर २५ गते । नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो । अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ । प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ । विशेष र सम

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • १३७ पटक पढिएको
  • छुरा प्रहार बाट अवस्था गम्भिर

    सिरहा,मंसिर २४ गते – विवाह पञ्चमी महोत्सव हेरेर जनकपुरबाट घर फर्किने क्रममा महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं २ स्थित विग्ही पुलमा एक पुरूषमाथि छुरा प्रहार भएको छ ।छुरा प्रहारबाट महोत्तरीको रामगोपालपुर नगरपालिका ९ गोठबनौलीका ३० वर्षिय बलराम राय घाइते भएका हुन् । बुधवार राति रायमाथि अज्ञात ब्यक्तिले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट गम्भीर घाइते यादवको उपचारको लागि तत्कालै जनकपुरस्थित जानकी हेल्थ केयर ल्याएको थियो । तर अबस्था गम्भीर रहेकाले थप उपचारको लागि उनलाई काठमाडौं लगिएको छ ।पेटमा छुरा लागेका रायको उपचार अहिले काठमाडौंको टिचिङ अस्पतालमा भइरहेको छ । हाल उनको अवस्था

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • १३० पटक पढिएको
  • भरुवा बन्दुक र ८ राउण्ड गोलीसहित तीन जना पक्राउ

    धनगढी,मंसिर २४ गते – कैलालीमा सशस्त्र प्रहरीले भरुवा बन्दुक र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान भजनी नगरपालिका–७ को हिम्मतपुरमा हुलाकी सडकखण्डमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट हिम्मतपुरबाट खटिएको टोलीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका(३ बस्ने अजय चौधरी, तुलसीराम चौधरी र दयाराम चौधरीलाई बन्दुक र हतियारसहित पक्राउ गरिएको जानकारी दिए । शंकाका आधारमा उनीहरु सवार से३प७७९२ र से २ प ९८७७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा दुई नाले भरुवा बन्दुक, ७ राउ

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • १२० पटक पढिएको
  • ५० लाख बराबरको समान बोकेको ट्रकसहित एक जना पक्राउ

    सिरहा,मंसिर २४ गते – विशेष सूचनाको आधारमा पर्सा प्रहरीले ५० लाख मूल्य बराबरको भन्सार छलीका समानहरु बोकेको ट्रकसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका – ९ का २५ वर्षीय सागर राय छन् । भारतबाट भत्सार छली ल्याएर पोखरातर्फ जाँदै गरेको ना. ३ ख २२९ नम्बरको मालबाहक ट्रकसहित चालक राईलाई प्रहरीले पक्राउ गरेका हुन् । प्रहरीका अनुसार चेकजाँचको क्रममा बिलबिजकभन्दा बढी भन्सार छलिका लत्ता कपडा तथा खुद्रा मालबस्तुहरु लोड गरिएको खुलेको छ । पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बरामद सामाग्रीलाई ५० लाख मूल्याकन गरी आवश्यक कारवाहीका लागि राजस्व

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • १६६ पटक पढिएको
  • अवैध लागूऔषध ८ किलो गाँजासहित वृद्ध पक्राउ

    स्याङ्जा,मंसिर २४ गते – झण्डैं ८ किलो सुकेको गाँजासहित जेष्ठ नागरिक डिलबहादुर गुरुङ् बिहीबार साँझ पक्राउ परेका छन्। गाँजा कारोबारमा संलग्न रहेको भन्दै विशेष सूचनाका आधारमा खोजीकार्य गर्दा ७ किलो ८ सय सुकेको गाँजासहित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेतले बताए।पुतलीबजार नगरपालिका २ निवासी ६७ वर्षीय गुरुङ आफ्नै घरभित्र ३ वटा जेब्रा झोला र दुईवटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा पक्राउ परेको बताइएको छ। गाँजा र गुरुङबारे थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी कारवाही सुरु भइसकेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • १०६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२