काठमाण्डौ,मंसिर २७ गते ।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदानको समय ४ घण्टा थप गरिएको छ । यसअघि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएकामा ४ घण्टा थप गरिएको निर्वाचन समितिले जनाएको छ । मतदानस्थल माइकिङ गरि मतदान अवधि थप गरिएको भनी गरिएको छ ।

निर्वाचन समितिले विहान ८ देखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकेको थियो । दिउँसो साढे ११ बजेमात्र मतदान शुरु भएको थियो । अपरान्ह ५ बजेसम्म १९९३ जनाले मत खसालेका प्रचार समिति संयोजक सुरेश आचार्यले जानकारी दिए ।

मतदानका लागि भृकुटीमण्डप र राष्ट्रियसभामा मतदान केन्द्र तोकिएको छ । कांग्रेसको नयाँ केन्द्रीय समितिको पदाधिकारी र सदस्य चयनका लागि ४७२३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।