सिरहा,मंसिर २७ गते । सिरहाका प्रमुख जिल्ला अधिकारीको रूपमा लालबाबु कवारी नियुक्त भएका छन् । केही दिन पहिले सिरहा जिल्ला आईपुगेका उनी सहसचिवमा बढुवा भएका थिए ।

गृह मन्त्रालयले सोमबार पत्र पठाउदै सिरहा जिल्ला प्रशासन कार्यालयको प्रमुख ९सिडियो० को जिम्मेवारी सुम्पेको छ । यसअघि उनी निमित्त प्रमुख जिल्ला अधिकारीको रुपमा कामकाज गर्दै आएका थिए ।