X wada

मुख्य समाचार

    Showing २,३०१-२,३१० of २,९७२ items.
  • टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु, सडकमै शव राखेर आन्दोलन

    विराटनगर,पुष ५ गते – टिपर ब्याक गरेर किच्दा मोरङको रतुवामाई नगरपालिका–४ स्थित भित्री सडक खण्डमा आइतबार साँझ एक जना साइकल यात्रीको मृत्यु भएको छ। उत्तरतर्फ जाँदै गरेको को १ ख ५११० नम्बरको टिपरले ओभरटेक गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो। मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार टिपरको ठक्करबाट साइकल यात्री रतुवामाई–४ का ५७ वर्षीय हरिराम गिरीको मृत्यु भएको छ।  टिपरले साँझ ५ बजेतिर ठक्कर दिँदा भएको दुर्घटनामा परेर गिरीको घटनास्थलमै मृत्यु भएको खड्काले बताए। गिरी रतुवामाईको झुर्कियाबाट कोरोनाविरुद्धको खोप लगाएर घर फर्कँदै गरेका बेला दु

    • प्रकाशित मितिः पुस ५, २०७८
    • १५९ पटक पढिएको
  • तीन सातामा १०६ किलो सुन बरामद

    काठमाडौं, पुष ५ गते –  वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ ।मलेसिया, दुबई, कतारलगायत खाडी मुलुकबाट फर्किएकामध्ये ८० प्रतिशत सामान्य मजदुरलाई सुन तस्करले प्रलोभनमा पारेर नेपालतर्फ सुन पठाउने गरेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले खाडी मुलुकबाट फर्किने अधिकांश कामदार तस्करको भरियाका रूपमा प्रयोग भएको खुलेको जानकारी दिँदै भन्नुभयो, “खाडी मुलुकबाट फर्किने कामद

    • प्रकाशित मितिः पुस ५, २०७८
    • १३२ पटक पढिएको
  • सहमती पछि सडक सुचारु

    सिरहा,पुस ४ गते ।घटनाको दोषीलाई कार्वाहीको माग गर्दै पीडितहरुले पूर्व पश्चिम राजमार्ग खण्ड अन्तर्गत सिरहाको गोलबजारमा भएको चक्का जाम पीडित र स्थानीय प्रशासनको तीन बुँदे सहमती पछि सडक सुचारु भएको छ । घटनाको दोषीलाई २४ घण्टाभित्र पक्राउ गरी कानुनी दायरामा ल्याउने, घाइतेको उपचारको व्यवस्था गरिने, पीडितलाई कानुनी अनुसारको क्षतिपूर्ति दिलाउने प्रशासनको आश्वासनपछि विहान ६ बजेदेखि पीडितले गरेको चक्काजाम पाँच घण्टापछि खुलेको हो । सडकमै टायर बालेर चक्काजामका कारण सयौं सवारी साधनहरु बीचबाटैमा अलपत्रमा परेका थिए । शनिवार बेलुका बजारबाट तरकारी किनेर गईरहेको बेला स्थानीय केही युवाले घेरेर

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १७९ पटक पढिएको
  • बाह्र सदस्य समिति

    अनुभक्त चौधरी,लहान, पुस ४ गते । सिरहाको लहान नगरपालिका वाडा नं। ३ मा नेपालकम्युनिष्ट पार्टी एकिकृत समाजवादीको वडा कमिटी गठन भएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृतका केन्द्रीय सदस्य सत्यनारायण यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमबाट १२ सदस्य समिति गठन भएको हो ।नव गठित समितिको अध्यक्षमा ज्ञान कुमार महतो,उपाध्यक्षमा कुसेश्वर साह,सचिवमा राधा चौधरी, सह सचिवमा सुरेन्द्र महतो लगायत रहेका छन् । लहान नगर भित्र अझै केही वाडमा कमिटी गठन गर्न बाँकी रहेकोले अब केही दिनमै नगरका अन्य वडामा पनि कमिटी गठन गरिने नेता यादवले उल्लेख गर्नुभयो । कार्यक्रमको अध्यक्षता  लहान नगर कमिटी सदस्य

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १५५ पटक पढिएको
  • बाघको त्रासमा राप्ती सोनारीबासी

    बाँके,पुष ४ गते – बाँकेको राप्ती सोनारी गाउँपालिकाको जङ्गल क्षेत्रमा बाघले मान्छे झम्टिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले सो गाउँपालिकाको वडा– ६ स्थित फत्तेपुरको जङ्गल क्षेत्रमा बाघले मान्छेमाथि आक्रमण प्रयास गर्ने गरेको छ । शनिबार बिहान राप्ती सोनारी– ५ बिनौनातर्फ जाने क्रममा जनसिद्देश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणि बटालालाई बाघले झम्टिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। उनका अनुसार क्याम्पसबाट शनिबार बिहान साढे ६ बजे मोटरसाइकलमा

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १३७ पटक पढिएको
  • नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

    सर्लाही, पुष ४ गते –  सशस्त्र प्रहरीले सर्लाही सदरमुकाम मलङ्गवाबाट एक लाख १५ हजार नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारतको सीतामढी थाना सोनवर्षा ग्राम सोनवर्षा वडा नं। ६ चिलरी टोल बस्ने ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र सीतामढी थाना सोनवर्षा ग्राम लालबदी चिलरी वडा नं। १ बस्ने ४८ वर्षीय प्रमोदकुमार नेपाली नक्कली नोटसहित पक्राउ परेका हुन् । उनीहरुलाई बीआर ३० वाइ ४१३९ नम्बरको मोटरसाइकलमा भारतको सोनवर्षाबाट सदरमुकाम मलङ्गवातर्फ आउँदै गर्दा शनिबार साँझ ७ः३० बजेतिर मलङ्गवा नगरपालिका–८, गोरखकालीस्थित भन्सार कार्यालय अगाडिबाट नक्कली नोटसहित पक्राउ गरिएको सर्लाहीका सशस

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १६९ पटक पढिएको
  • झुण्डिएको अवस्थामा बालकको शव

    भैरहवा,पुष ४ गते – रुपन्देहीको बुटवल उपमहानगरपालिका(११ बुद्धनगरस्थित ९ वर्षीय बालकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार बुद्धनगरस्थित राजेन्द्र गोतामेको घरको तल्लो तल्लामा इसाई धर्मालम्बीहरु जम्मा भएर सामूहिक प्रार्थना गर्दथे । बुटवल–१२ बेलवासका मृतक असारे खड्गी आफ्नो परिवारसँग शनिबार उक्त घरमा आएका थिए ।धर्मालम्बीहरु सामूहिकरुपमा घरको तल्लो तलमा ध्यानरप्रार्थना गर्ने क्रममा माथिल्लो तल्लामा बालकको झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए । झुण्डिएको अवस्थामा बालक फेला परेपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएक

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १३१ पटक पढिएको
  • बालबालिकालाई लक्षित कोरोनाविरुद्धको खोप अभियान सुरु

    काठमाडौँ, पुष ४ गते – बालबालिकालाई लक्षित गरी आजबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। मन्त्रालयले आइतबारदेखि देशका ५७ जिल्लामा कोरोना विरुद्धको मोडर्ना खोप अभियान सुरु गरेको हो । मन्त्रालयले १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ। यस खोप अभियान पुस १४ गतेसम्म चल्ने छ। पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउने मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७ जिल्लाका पाएक पर्ने विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको छ।प्रदेश नं १ ताप्ल

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १३९ पटक पढिएको
  • चिसो बढेसँगै जनजीवन प्रभावित

    सिरहा,पुष ४ गते – अचानक बढेको चिसोका कारण सिरहाहित प्रदेश को विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोका कारण बालबालिका र वृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको छ । सर्वसाधारण जाडो छल्न घुर बालेर आगो ताप्न थालेका छन् । चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न आग्रह गरेका छन् । वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेको छ । चिसो बढ्न थालेपछि रुघाखोकी, ज्वरो, झाडापालाका बिरामी बढ्नसक्ने भएकाले स्वास्थ्य सर्तकता अपनाउन चिकित्सकको सुझाव छ 

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १९७ पटक पढिएको
  • लागूऔषधसहित २ जना पक्राउ

    धनगढी,पुष ४ गते – कैलालीमा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा धनगढी उप(महानगरपालीका–२ मिलन चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले धनगढी उप–महानगरपालीका–८ बस्ने १८ वर्षीय शैलेस चौधरी र २४ वर्षीय संदिप श्रीवास्तबलाई पक्राउ गरिएको जानकारी दिए ।उनीहरूको साथबाट चार ग्राम ५०० मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर) बरामद गरिएको प्रहरीले जनाएको छ 

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १२५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२