धनगढी,पुष ७ गते – कैलालीमा लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ का २७ वर्षीय दिपक विक र २१ वर्षीय राजेन्द्र कामी रहेका छन् । गएराति धनगढी उप– महानगरपालका – ३ स्थित ट्राफिक चोकबाट अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले १ वटा ट्यावलेट नाइट्राभेट बरामद गरेको छ । पक्राउ परेका

      उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ