विराटनगर,पुष ७ गते – मोरङको लेटाङमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–३ कमलपुरमा दुर्घटना हुँदा २७ वर्षीय जीवन लिम्बूको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार लिम्बू प्रदेश १–०२–०४४ प ६०१८ नम्बरको मोटरसाइकलको पछाडि सवार थिए । लेटाङ–कानेपोखरी भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकल खाल्डोमा परेर अनियन्त्रित हुँदा मंगलबार दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक
सिरहा,पुष ७ गते – व्यापारिक मार्गका रुपमा रहेका जटहीदेखि जनकपुर हुँदै ढल्केबरसम्मको सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।सो सडकमा अहिले झण्डै डेढ किलोमिटर मात्रै निर्माण बाँकी रहेकामा अबको केही महिनामा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको सक्रियतामा सडक निर्माण द्रुतगतिमा अघि बढेको छ । डेडिकेडेट छ लेनमा सडकको निर्माण भइरहेको छ । सडकसँगै यहाँका निर्माणाधीन पुल पनि चैतसम्ममा सम्पन्न हुने बताइएको छ । जनकपुरको मुजेलियाबाट जिरो माइलसम्मको सडक मात्रै कालोपत्र बाँकी रहेको छ । झण्डै ४० किमी लम्बाईको सडक भारतीय सीमाबाट पूर्व–पश्चिम राजमार्गसम्म पुग्
सिरहा,पुस ६ गते । गाउँपालिकाले पूर्ण अनुदानमा वितरण गर्न ल्याएको गहुँ वितरणमा ढिलाइ गरेपछि किसानले आफैँ लगेका छन्। गत मंसिर २९ मा खरिद गरी किसानलाई वितरण गर्न प्राथमिक स्वास्थ्य केन्द्रको गोदाममा राखिएको गहुँको बिउ किसानले लगेका हुन्। पनि ढिलाइ गरेपछि किसानले गहुँको बिउ गोदाममा प्रवेश गरेर लगेका हुन्। पटकपटक आएर घन्टाैँ लाइन लागे पनि किसानले बिउ पाएका थिएनन्। किसानहरू बिहानैदेखि लाइन बसे पनि कर्मचारीहरूले वितरण गर्न ढिलाइ गरेपछि बाध्य भएर लुटेर लगेको जनमत पार्टीका स्थानीय नेता दीपेन्द्र यादवले बताएका छन्।‘गहुँको बिउ वितरणमा लापरबाही र आनकानी गरेपछि किसान बाध्य भएर लुटेर लगेका छन
अनुभक्त चौधरीसिरहा,पुस ६ गते । निर्वाचितहरुबाटै आफूहरु असुरक्षित भएको भन्दै सिरहास्थित बरियारपट्टि गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले भोलिदेखि कार्यालयको सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका उपाध्यक्ष रेखा कुमारी यादव र उनको श्रीमान पवन यादवले राजश्व बाँडफाँड शिर्षकको एघार लाख रकम निकासाको दवाव दिएपछि कर्मचारीहरु कार्यालय बन्द गर्ने निर्णय गरेको हो । कार्यालयका प्रमुख शम्भु प्रसाद चौधरीले कामै नगरी जबरजस्ती कानुन विपरित रकम निकासा दिन आफूलाई दवाव दिंदा रकम निकासा गर्न नमानेपछि गाली बेइज्जती गर्दै कुटपिट गर्नेसम्मको धम्की दिएपछि वाध्य भएर कार्यालय बन्द गर्ने निर्णय गरि
बर्दिबास,पुष ६ गते – चार दशकदेखि ग्राहकलाई सेवा दिँदै आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल निर्माण थालेको छ। युवा उद्यमी तथा व्यवसायी हिरा गौतमले झन्डै ५० करोडको लागतमा होटल निर्माण थालेका हुन्। समय सापेक्ष बद्लिदो सोच, गौतम होटलको नविनतम अठोटु भन्ने भावका साथ सुविधासम्पन्न आधुनिक होटल निर्माण थालिएको हो।करिब एक बिघा जग्गामा सुन्दर हरियाली एवं प्राकृतिक रमणीय वातावरणयुक्त होटलमा १२० देखि १५० जनासम्म बसोबास गर्न मिल्ने आरामदायी कोठाहरु निर्माण भइरहेका छन्। होटलमा सभा सम्मेलन, गोष्ठीका लागि विभिन्न कक्षहरु हुनेछन्। जसमा भित्र र बाहिर गरी लगभग दुई हजार जनाक
काठमाडौं,पुष ६ गते – बागबजारको काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने एक विद्यार्थी मृत अवस्थामा भेटिएका छन् ।बाथरुममा १८ वर्षीय शुशील शहनी मृत अवस्थामा भेटिएपछि अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनका अनुसार, मृतकको परिवारलाई काठमाडौं बोलाइएको छ । ‘परिवारले जाहेरी दिएपछि पोष्टमार्टमका लागि शव पठाउँछौं’ उनले अनलाइनखबरसँग भने । शहनी धेरै बेरसम्म ननिस्किएपछि ढोका फुटाएर हेर्दा उनी मृत भेटिएको भनिएको छ । उनी कक्षा ११ मा अध्ययरत थिए
संखुवासभा,पुष ६ गते – खादबारी नगरपालिका(११ गैरीखेत बस्ने ३० वर्षीय चन्द्र बहादुर दर्जी र सोही ठाउँ बस्ने ३० वर्षीय जीवन दर्जीवीच भएको विवादमा कुटपिट हुँदा चन्द्र बहादुरको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा जिवन दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुबीच भएको विवादमा कुटपिट हुँदा चन्द्र बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चन्दनपुरबाट खटिएको प्रहरीले घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
कञ्चनपुर, पुष ६ गते – पुर्नवास नरपालिका–४ कार्गिलडाँडाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित तीन जनालाई आज बिहान पक्राउ गरेको छ । लागुऔषधसहित भारतबाट से३प ७५२५ नंको मोटरसाइकलमा सवार लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश रानालाई गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ परेकाहरुको साथबाट नेट्राभेट १० नामक लागुऔषध ट्याबलेट १३ थान, नेपाली रुपैयाँ ३५० र मोबाइल तीन थान बरामद गरिएको छ । बरामद लागुऔषध, नगद रकम,
जलेश्वर,पुष ६ गते – महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडानं। ३ मा तीन दिनदेखि हराएकी एक महिलाको शव पोखरीमा भेटिएको छ । मटिहानी नगरपालिका वडानं।३ बरदाहा बस्ने फजेल राइनकी श्रीमती वर्ष २२ की रुकसाना खातुनको शव घर नजिकैको पोखरीमा तीन दिनपछि भेटिएको हो ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले पुष २ गतेदेखि रुकसाना हराएको सूचना प्राप्त भएको र खोजतलासकै क्रममा उनको शव सोमबार साँझ घर नजिकैको पोखरीमा मृत अवस्थामा फेला परेको बताउनुभयो ।मानसिक अवस्था राम्रो नभएको रुकसाना बेला बेलामा घरबाट हराउने, भाग्ने गरेको हुँदा उनको मृत्यु डुबेर भएको प्रारम्भिक अनुसन्धानले देखिएको ब
सिरहा,पुष ६ गते – मंगलबार सुनको भाउ एकैदिन ८०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको मूल्यमा ८०० रुपैयाँले घट्दै आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा झरेको हो ।गत सोमबार बजारमा छापा वाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत ८०० रुपैयाँले नै सस्तिँदै ९२ हजार ५०० रुपैयाँमा झरेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले सस्तिँदै एक हजार २३५ रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.