कास्की,पुष ९ गते – पोखरा महानगरपालिका–३२ मजुवाबाट १ थान भरुवा बन्दुक सहित माछापुछ्रे गाउँपालिका(५ बस्ने ३४ वर्षीय गणेश गुरुङ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

   तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग.१३ प ८२०० नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुरुङको झोलाभित्र उक्त बन्दुक फेला पारी गुरूङ र मोटरसाइकल चालक समेतलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ