सिरहा,पुष १० गते – निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ । आयोगले एकैपटक निर्वाचन गर्न सरकार समक्ष प्रस्ताव गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगका पदाधिकारीहरुले स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको हो । छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरेका हुन् ।खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता हुने, समग्र निर्वाचन व्यवस्थापनमा सहजता हुने र मतदाता शिक्षा सामग्रीहरुमा एकरुपता हुनुका साथै एक ठाउँको निर्वाचन परिणामले अर
लहान,पुष ९ गते – जिल्ला ट्राफिक कार्यालय सिराहाले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा ट्राफिक नियम उल्लंघन गर्ने १७ हजार चार सय सवारीसाधनलाई कारबाही गरेको छ। पूर्व–पश्चिम सडकअन्तर्गत जिल्लाको लहान, धनगढी, गोलबजार, मिर्चैया, बन्दीपुर, सिराहा, माडर, सुखीपुर, बरियारपट्टिलगायतका ठाउँहरूमा चेकजाँच गरी ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।कार्यालयका अनुसार कारबाहीअन्तर्गत चालू आ।व।को साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा एक करोड ३१ लाख ६४ हजार रुपैयाँ जरिवाना संकलन भएको छ। जिल्ला ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक दानबहादुर म्रिङ्चिङले बढ्दो सवारी
सिरहा,पुष ९ गते – किसानलाई पक्राउ गरेको विरोधमा सिरहाको औरही गाँउपालिकाका किसानहरुले पालिका कार्यालयमा तालाबन्दी गरेका छन् । गहुँ बीउ लुटेको आरोपमा स्थानीय मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेको र अरुलाई पनि प्रहरी पक्राउ गर्न गाउँ पसेको भन्दै किसानहरुले गाउँ पालिका कार्यालयमा ताला लगाएका हुन् ।तीन दिन अगाडी गाउँ पालिकाले भण्डारणगरी राखेको साढे तीन सय ५० बोरा गहुँको बीउ लुटेका थिए । गाउँ पालिकाले बीउ लुटेको आरोपमा कडहरबाका यादवलाई प्रहरीले पक्राउ गरी लगेको स्थानीय युवा दिपेन्द्र यादवले जानकारी दिए । यादवले पक्राउ परेका किसानलाई तत्काल रिहा नगरे अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । उनी जनमत
भैरहवा, पुष ९ गते । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा फेला पर्नुभएको छ ।शुक्रबार बिहान ११ बजे अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनकारी दिनुभयो । सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत यादवलाई केही दिनअघि मात्रै कारवाही गरेको बताइएको छ ।घटनाको विस्तृत अनुसन्धान भैरहेको तिवारीले बताउनुभयो । उहाँको मृत्युको कारण भने खुल्न सकेको छैन
सिरहा,पुष ९ – नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट पहिलो प्रादेशिक कार्यसमिति चयनका लागि जनकपुरधाममा भएको मतदानको मतपरिणाम । पाँच सय मतपत्र गन्ती हुँदा सम्म उपसभापती, महामन्त्री, सहमहामन्त्री खुल्ला र महिला तर्फ गरि विभिन्न पदका उम्मेदवारहरुले तपसील बमोजिमको मत ल्याएका छन् ।उपसभापतीचन्द्रशेखर यादव २४१धनलाल ठोकर १८२बिनोद कुमार खनाल १८७बिरेन्द्र प्रसाद सिंह २८१रामआधार प्रसाद यादव २८महामन्त्रीउपेद्र कुमार यादव २६१नरेश कुमार यादव २१३बिनोद चौधरी ५५बृहस्पति कृष्ण श्रेष्ठ २०५हरेश प्रसाद महतो १९०सहमहामन्त्री खुल्लाअरबिन्द अमात्य ५७जय नारायण प्रसाद यादव २३८नारायण चौधरी १६५परशुराम चौधरी २३
सिरहा,पुष ९ गते – शुक्रबार नेपाली बजारमा सुनको भाउ दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले घट्दै ९३ हजार एक सय रुपैयाँमा झरेको हो ।गत बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले नै घट्दै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर, यता चाँदीको मूल्य भने गत बिहीबारकै मूल्य कायम हुँदै शुक्रबार प्रतितोला एक हजार २६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
कास्की,पुष ९ गते – पोखरा महानगरपालिका–३२ मजुवाबाट १ थान भरुवा बन्दुक सहित माछापुछ्रे गाउँपालिका(५ बस्ने ३४ वर्षीय गणेश गुरुङ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग.१३ प ८२०० नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुरुङको झोलाभित्र उक्त बन्दुक फेला पारी गुरूङ र मोटरसाइकल चालक समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
सिमकोट,पुष ९ गते – विद्युत्को अपरेटरले एक वर्षदेखि तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ ।सिमकोट गाउँपालिका८ खोल्सी र नाम्खा गाउँपालिका(४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत् आयोजना बुधबारदेखि बन्द गरिएको छ । विद्युत् आयोजनाका अपरेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि तलब नपाएपछि विद्युत् सेवा बुधबारदेखि बन्द गरेका हुन् । गतवर्ष माघदेखि विद्युत् सञ्चालन गर्दै आएको भए पनि आफूहरुले पाउने सेवा सुविधा र तलब नपाएपछि विद्युत् सेवा बन्द गर्न बाध्य भएको अपरेटर लामाले बताए । ।विद्युत् बन्द गरिएपछि दुई वडाका २२० घरधुरी अन्धकारमा बस्न बाध्य छन् । खोल्सीगाउँका ९० घ
सिरहा,पुष ९ गते – नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्णा राय यादव विजयी भएका छन् । उनले १४१ मतान्तरले प्रदेश मन्त्री रामसरोज यादवलाई पराजित गरेका हुन् ।रौतहटका कृष्णाले ९९६ मत ल्याएर निर्वाचित भएको बुझिएको छ । प्रतिस्पर्धी प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव भने ८८५ मत मात्र पाएका छन् । प्रदेश सभापतिमा विजयी कृष्णा शेरबहादुर देउवा समूहका हुन् । पराजीत भएका रामसरोज बिमलेन्द्र निधी र शेखर कोइराला समूहका उम्मेदवार थिए
दार्चुला,पुष ९ गते – भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बसेको छ। सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच बिहीबार समन्वयात्मक बैठक बसेको हो।जोलजीविस्थित सीमा सुरक्षा बल ९एसएसबी० को क्याम्पमा भएको बैठकमा सातवटा एजेण्डामा छलफल भएको छ। त्यसअनुसार बैठकको पहिलो एजेण्डा नेपाल–भारत प्रवेश गर्नेहरुको परिचयपत्र पहिचान गर्नुपर्ने राखिएको छ। तेस्रो मुलुकका नागरिक भित्रिएरनभित्रिएको जानकारीका लागि दुवै देशका सुरक्षा निकायले सीमामा परिचयपत्र निगरानीमा कडाइ गर्नुपर्ने प्रस्ताव गरिएको छ।सीमा पुल खोल्ने विषयमा दुवै देशका सुरक्षा निक
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.