सिरहा,पुस ११ गते । निमित्त प्रमुख चौधरीले लगाएको आरोप निराधार रहेको बरियापट्टी गाँउपालिकाका उपप्रमुख रेखा कुमार यादबले बताईन ।

म र श्रीमान पवन यादवले राजश्व बाँडफाँड शिर्षकको एघार लाख रकम निकासाको दवाव दिएको आरोप झुठा रहेको उपप्रमुख यादबले बताईन । यता कार्यालयका प्रमुख शम्भु प्रसाद चौधरीले कामै नगरी जबरजस्ती कानुन विपरित रकम निकासा दिन आफूलाई दवाव दिंदा रकम निकासा गर्न नमानेपछि गाली बेइज्जती गर्दै कुटपिट गर्नेसम्मको धम्की दिएपछि त्यसतो कुनै अपशब्द प्रयोग नभएको बताईन ।

लेखा प्रमु्ख विजय कुमार ठाकुरलाई  आफु नियम संगत न्यायपालिकाको  निकासको लागी अनुरोध गरे हाल सम्म पालिकाबाट न्याययीक समिति संचालनको लागी कुनै निकास नगरेका र उक्त शिर्षकको रकम कानुनी अनुसार निकासाको लागी माग गरिएकोमा झुठा आरोप लगाउदै म र मेरोले कुनैे जबरजस्ती रकम निकासाको दवाव नदिएको बताईन ।  उनले भने आफु योजनाहरुको अनुगमन समितिमा भए पनि मलाई नसोधिकन आफुखुशी चेक काटने जस्ता काम गरी रहेको बताए । हामी माथि लगाएको आरोप सबै निराधार रहेको बताए ।  घटना सम्बन्धमा गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोसँग सम्पर्क गर्न खोज्दा उहाँसँगको सम्पर्क हुन सकेन ।