सिरहा,पुस२१ गते । दलित विपन्न परिवारहरुमा केही दिन यता शीतलहर सँगै बढेको चिसोको कारण सर्वसाधरणको जनजीवन कष्टकर हुन थालेपछि डिभिजन वन कार्यालय लहान, सिरहाले आगो ताप्नका लागि दाउरा वितरण शुरु गरेका छन् ।शीतलहर संगै चिसो हावा सहित जाडो बढेपछि डिभिजन वन कार्यालय लहान, सिरहाले पालिकाको मागको आधारमा दाउरा दिने कार्यको थालनी गरेको छ । हाल सम्म सिरहाका लहान नगरपालिका, धनगढीमाई नगरपालिका, मिर्चैया नगरपालिका र बिष्णुपुर गाउँपालिकामा निःशुल्क रुपमा दाउरा उपलब्ध गराएको डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले बताउनु भयो ।दासका अनुसार हालसम्म लहान नगरपालिकामा ३ गाडी, धनगढीमाई नगरपालिकामा ३ गा
सिरहा,पुष २० गते – आफुलाई लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भन्दै विभिन्न नक्कली कागजातहरु देखाई स्थानीय मानिसहरुसंग ठगी गर्ने एक जना युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ७ दनौली बनौली बस्ने बिमलेश चौधरीको छोरा वर्ष ३२ का सागर कान्त चौधरीलाई धनुषा प्रहरीले गत आईतबार जनकपुरधाम उप महानगरपालिका वडा नं. ८ स्थित सीता प्यालेस होटल अगाडीबाट पक्राउ गरेको हो । चौधरीको साथबाट लोक सेवा आयोग न्युक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना , नेपाल रेल्वे कम्पनी लिमिटेड संतोष रायको नामको नियुक
काठमाडौँ,पुष २० गते – सत्तारुढ नेकपा ९माओवादी केन्द्र०ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट आज पाँच जनाको नामावली टुङ्गो लगाउनुभएको हो । अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार प्रदेश नं २ मा उर्मिला अर्याल, गण्डकीमा अन्य समूहबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार, कर्णालीमा अपाङ्गता अल्पसङ्ख्यकबाट नरबहादुर विष्ट र सुदूरपश्चिममा दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही आधारमा अ
सिरहा,पुष २० गते – महोत्तरीको एकडारा गाउँपालिका–२ बाट हराइरहेका ५४ वर्षीय विजयकुमार यादव मृतावस्थामा भेटिएका छन् । उनी गत आइतबारदेखि हराएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार यादव आज डुबेका अवस्थामा भेटिएका हुन् । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धानसमेत भइरहेको जनाएको छ
जाजरकोट, पुष २० गते – जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्यूआरडिसी) ले सूचना जारी गरिसकेको छ ।सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि सडक विभागले बोलपत्र आह्वान गरिसकेको र अध्ययन सकिएपछि सुरुङमार्ग निर्माण अघि बढ्ने पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । “सुरुङमार्ग निर्माण तथा नयाँ सडकको ट्रयाक खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “जाज
सिरहा,पुष २० गते – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१हजार ७०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार ६०० तोकिएको थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्द
तनहुँ,पुष २० गते – ब्यास नगरपालिका(६ किरियापानी बस्ने भगवती श्रेष्ठलाई ३ किलो ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले तलासी गर्दा बोरामा लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । बर्दगोरिया गाउँपालिका– १ कट्टिपुरबाट करिब १० ग्राम अवैध लागूऔषध चरेश र नगद ३९ हजार ४ सय ३० रुपैयाँ सहित सोही ठाउँ बस्ने ३० वर्षीय नरेन्द्र प्याकुरेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी हो हल्ला गरिरहेको अवस्थामा फेला पारी ईलाका
पर्वत,पुष २० गते – प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा कुश्मा नगरपालिका(१२ बस्ने ४६ वर्षीय झलक प्रसाद रिमाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्बतको प्रहरी निरीक्षक कार्यकक्षमा आई प्रहरी कर्मचारीहरुलाई अश्लिल शब्द प्रयोग गरी गालिगलौज गर्नुको साथै अभद्र ब्यवहार गरेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी उपर अभद्र ब्यवहार सम्बन्धी मुद्धा शीर्षकमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पर्वतबाट १० दिन म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ
सिरहा,पुष २० गते – जनता समाजवादी पार्टी ९जसपा०ले राष्ट्रिय सभाका लागि सोमबार दुई जना उम्मेदवारको नाम छनोट गरेको छ । अन्य दलसँग गठबन्धन गरेकाले जसपा मात्र २ सिटमा उम्मेदवारी दिदैछ ।जसपाले प्रदेश १ को अल्पसंख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको हो । राई भोजपुर र सिद्दिकी सिरहाको रमौलका हुन् । यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा ५९ सदस्य रहने व्यवस्था छ भने ती सदस्यको कार्यकाल ६ वर्षको हुन्छ । तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दु
काठमाडौं,पुष २० गते — काठमाडौं– रक्सौल रेलमार्गको फाइनल लोकेसन सर्भे (एफएलएस) को काम सुरु गरिएको छ । गत असोज २२ मा नेपाल र भारत सरकारका उच्च अधिकारीबीच भएको समझदारीपत्र ९एमओयू० अनुसार अध्ययन अघि बढाइएको हो । सम्झौताअनुसार १८ महिनाभित्र अध्ययन सक्नुपर्नेछ । एमओयूअनुसार तोकिएकै समयमा अध्ययन सक्ने प्राविधिक टोलीले जानकारी गराएको रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले बताए । अध्ययनबाट प्रोजेक्टको विस्तृत रिपोर्ट तयार हुनेछ । त्यसका आधारमा लगानी गर्ने आधार खोजिने उनको भनाइ छ । ‘डिटेल प्रोजेक्ट रिपोर्ट ९डीपीआर० तयार भएपछि कति समयभित्र बनाइसक्ने, फन्डिङ कसरी गर्ने भन्ने प्रक्रिया सुरु गरिन
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.