काठमाडौं,पुष २१ गते – प्रतिनिधिसभाको पुस २२ गते बोलाइएको बैठक फेरि स्थगित भएको छ ।
संघीय संसद सचिवालयले पुस २२ गते बोलाइएको बैठक पुस २८ गते बस्ने जनाएको छ ।
पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ । एमालेले देशभर पुस २३ गते जिल्ला अधिवेशन गर्ने भएकाले बैठक रोकिएको हो । पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्रले महाधिवेशनका कारण रोक्न माग गरेको थियो




















