X wada

मुख्य समाचार

    Showing २,१२१-२,१३० of २,९७२ items.
  • चिसोका कारण वृद्धाको मृत्यु

    सिरहा,पुष २२ गते – विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो ।घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले जानकारी दिनुभयो । यसअघि गत मङ्गलबार चिसोका कारण कठ्याङ्ग्रिएर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ निवासी ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको थियो ।अत्यधिक चिस

    • प्रकाशित मितिः पुस २२, २०७८
    • ११४ पटक पढिएको
  • प्रहरी र सशस्त्रको रासनमा पनि ठूलो विभेद

    काठमाडौं,पुष २२ गते – सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दिँदै आएको रासनमा विभेद देखिएको छ। संगठन, संरचना र कामको प्रकृति मिल्ने भए पनि रासन दर मिल्दैन। हाल प्रहरी र सशस्त्रले रासनबापत पैसा लिन्छन्। जिल्लाअनुसार फरक–फरक दररेट छ। नेपाल प्रहरीले भन्दा सशस्त्रले बढी रकम पाउँछन्।सशस्त्रभन्दा नेपाल प्रहरी बढी खटिनुपर्ने भए पनि रासन कम दिने गरेको गुनासो नेपाल प्रहरीमा छ। ‘म रासनबापत दैनिक २०१।२५ रुपैयाँ प्राप्त गर्छु। यो रकमले के खान पुग्छ र रु तराई क्षेत्र भएकाले एक छाक खाना त पुग्ला, अर्को छाक कुन पैसाले खाने रु’महोत्तरीमा काम गर्ने एक प्रहरी अधिकृत भन्छन्, ‘धेरै हामी खटिनुपर्छ, रासनले भोक ट

    • प्रकाशित मितिः पुस २२, २०७८
    • १६६ पटक पढिएको
  • ग्यास सिलिण्डर पड्किएर एक जनाको मृत्यु

    झापा,पुष २२ गते –  झापाको मेचीनगर–७ पिपलचोकमा आगलागीपछि ग्यास सिलिण्डर पड्किएर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। स्थानीय केशव पाठकको घरमा बुधबार राति आगो लागेको थियो। आगो निभाउने क्रममा सिलिण्डर पड्किंदा १३ जना घाइते भएका थिए। घाइतेमध्ये छिमेकी मेचीनगर–८ का ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। राजवंशीको उपचारका क्रममा धुलाबारीस्थित एञ्जल मेडिकल हलमा मृत्यु भएको हो। घरमा कोही नभएको अवस्थामा विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको डीएसपी सुनिल दाहालले बताए। टीनको छानो, चित्राको बेरा भएको पाठकको एकतले कच्ची घरमा राम

    • प्रकाशित मितिः पुस २२, २०७८
    • १७० पटक पढिएको
  • प्रदेश २ की राज्यमन्त्री सवार गाडी दुर्घटना

    सिरहा,पुष २१ गते – प्रदेश २ की राज्यमन्त्री रुवि कर्ण सवार गाडी सप्तरीमा दुर्घटना भएको छ ।  आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री कर्ण सवार ज १ झ ४०६ नम्बरको स्कारपिओ दुर्घटना भएको सप्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।बुधबार दिउँसो साढे ४ बजे तर्फ राजविराज सडक खण्डस्थित विष्णुपुर गाउँपालिका वडा नम्बर ६ अवस्थित विष्णुपुर चोकमा स्कारपिओ अनियन्त्रित भई पल्टिएको प्रवक्ता काफ्लेले बताए ।  प्रवक्ता काफ्लेले स्कारपिओमा राज्यमन्त्री सहित ६ जना सवार थिए । गाडी पल्टिँदा राज्यमन्त्री कर्णको बायाँ हातमा चोट लागेको छ भने सवार रहेका अन्यलाई भने सामान

    • प्रकाशित मितिः पुस २१, २०७८
    • ५५२ पटक पढिएको
  • प्रतिनिधि सभा बैठक फेरि रोकियो

    काठमाडौं,पुष २१ गते –  प्रतिनिधिसभाको पुस २२ गते बोलाइएको बैठक फेरि स्थगित भएको छ ।संघीय संसद सचिवालयले पुस २२ गते बोलाइएको बैठक पुस २८ गते बस्ने जनाएको छ ।पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ । एमालेले देशभर पुस २३ गते जिल्ला अधिवेशन गर्ने भएकाले बैठक रोकिएको हो । पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्रले महाधिवेशनका कारण रोक्न माग गरेको थियो 

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १४६ पटक पढिएको
  • फेसबुक ह्‍याक गरी रकम ठगी गरेको अभियोगमा पक्राउ

    काठमाडौं,पुष २१ गते –  बिभिन्न व्यक्तिहरुको फेसबुक ह्‍याक गरी रकम मागी अनलाइन ठगी गरेको अभियोगमा भक्तपुर गठ्ठाघर बस्ने मोरङ पथरी शनिश्वरे नगरपालिका(१० मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।    सर्वसाधारण लगायत उच्चपदस्थ व्यक्तिहरुका फेसबुक आइडि ह्‍याक गरी आइडीको दुरुपयोग गरी आइडिमा भएका साथीहरुसँग विभिन्न बहाना बनाई विश्वास दिलाई विभिन्न खातामा पैसा पठाउन लगाई अनलाइन ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभ

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १२२ पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    सिरहा,पुष २१ गते – सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेको छ। अधिल्लो दिन प्रतितोला ९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार ८०० तोकिएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ३०० कायम गरिएको छ। मङ्गलबार यसको मूल्य प्रतितोला ९१ हजार ७०० रहेको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० पुगेको महासङ्घले जनाएको छ। महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १५० पटक पढिएको
  • सुन र चाँदी जस्तो देखिने धातु सहित पक्राउ

    पर्सा,पुष २१ गते –  वीरगंज महानगरपालिका– १६ रजतजयन्ती चोकबाट १ सय २० ग्राम सुन र ५ ग्राम चाँदी जस्तो देखिने धातु सहित भारत चम्पारण नगरथाना कतवानी चोक बस्ने ३० वर्षीय बिटटु कुमारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध रुपमा शरीरमा लुकाई ल्याएको उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।      यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १३७ पटक पढिएको
  • स्रोत नखुलेको नगद सहित पक्राउ

    पर्सा,पुष २१ गते –  वीरगंज महानगरपालिका– १६ रजयन्ति चोकबाट स्रोत नखुलेको नगद ६ लाख ५४ हजार रुपैयाँ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भारत मोतिहारी पुर्बीचम्पारण ढाका थाना बिश्रामपुर(७ बस्ने जादोलाल साह र  सोही ठाउँ चैनपुर बस्ने बिगन साह रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले लुकाई ल्याउँदै गरेको उक्त नगद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको छ ।      यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १४० पटक पढिएको
  • महिलालाई बेहोस पारेर भारतमा बिक्री

    पोखरा,पुष २१ गते –  पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पुर्‍याएर बिक्री गरेको पाइएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ। उनले पोखरामा घरायसी काममा राम्रो कमाइ हुन्छ भनी प्रलोभनमा पारी भारत पुर्‍याएर बेचेको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो। सुरुमा उनले चाउमिनमा बेहोस हुने औषधि मिसाएर बेहोस पारी लगेका र होस खुल्न लाग्दा पुनः कोकमा औषधि मिसाएर बेहोस बनाउँदै भारत पुर्‍याएको पीडितको बयान छ। उनले पीडितका दिद

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १५३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२