वीरगञ्ज,पुष २४ गते –  वीरगञ्ज महानगरपालिका– १६ नगवामा एक बालिकाको शव भेटिएको छ ।

वीरगञ्ज– १५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो । घोप्टो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । निर्माणधीन घरको चेपमा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ( डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

शव निकाल्ने, घटनास्थल शव जाँच मुचुल्का तयार गर्नेलगायत अनुसन्धानका काम भइरहेको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइने प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरी नायब उपरीक्षक खनालले बताए