सिरहा,पुष २३ गते – लहान नगरपालिकाका ४ वटा वडाको विपन्न बस्तीमा कम्मल वितरण गरिएको छ। वडा नम्बर १२, १५, २२ र २४ का मानिक दह, बेलीजटियाही, ढोढना लगायत विपन्न बस्तीका २०० परिवारलाई कांग्रेस सिरहा क्षेत्र १ का सभापति महेश चौधरीले कम्बल वितरण गरेका हुन्। उनी हरेक महिना २२ गते पत्नीको सम्झनामा गरिब विपन्न वस्तीमा राहत वितरण गर्दै आएका छन्। सोही अभियान स्वरुप कम्बल वितरण गरेको छ। कोरोना कहर सुरुभएदेखि नै लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुलाई घर घरमै पुगेर चौधरी र उनको पत्नी संगिता कर्माचार्यले राहत वितरण गर्दै आएका थिए। सोही क्रममा संगिता आफैँ कोरोना संक्रमित भइन् र उपचारको क्रम
सिरहा,पुष २३ गते – प्रदेश नं। २ का जिल्लामा यस वर्ष धान उत्पादन दरमा ह्रास आएको छ । गत कात्तिकमा भएको बेमौसमी वर्षा कारण प्रदेशका जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ह्रास आएको हो ।प्रदेशमा चालू आर्थिक वर्षमा कूल तीन लाख ७६ हजार ४३४ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर ३।५१ मेट्रिक टनका दरले १३ लाख १९ हजार ८०६ मेट्रिक टन धान उत्पादन भएको प्रदेश नं। २ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले जानकारी दिनुभयो । गत आव २०७७र७८ मा तीन लाख ४५ हजार ६०३ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर ३।६५ मेट्रिक टनका दरले १२ लाख ६२ हजार २
नेपालगञ्ज,पुष २३ गते – बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ ।बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको बताइएको छ । बुधबारमात्रै राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थियो । बाघको पञ्जाबाट उम्किएर बच्न सफल उनको शरीरका विभिन्न ठाउँमा बाघको नङ्ग्राले चोट लागेकोे छ
सिरहा,पुष २३ गते – कोरोना महामारीलाई मध्यनजर गर्दै प्रदेश २ सरकारले अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ ।प्रदेश सरकारको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विहीबारदेखि अक्सिजन प्लान्ट संचालनमा ल्याएको हो । जनकपुरधाम–१४ मुजेलियामा रहेको मणिपाल मेडिकल कलेजको भवनमा संचालनमा रहेको प्रतिष्ठानको कोभिड अस्पतालमा अक्सिजन प्लान्ट सुरु गरिएको छ । उक्त अक्सिजन प्लान्टकालागि प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयले सामानहरु उपलब्ध गराएको थियो । प्रतिष्ठान अन्तर्गत कोभिड विशेष अस्पतालका प्रशासन प्रमुख सन्तोष ठाकुरका अनुसार उक्त अक्सिजन प्लान्टबाट तत्काल दैनिक २५ देखि ३० सिलिण्डर सम्म
जनकपुर,पुष २३ गते – लौकालाई काट्ने बित्तिकै भित्रपट्टी कालो फेला परेपछि जनकपुरधाम उपमहानगरपालिका–८ का रंजु चौधरी चकित भएकी छिन् । पेठिया बजारमा मनै लोभ्याउने तथा चिल्लो लौकाप्रति आकर्षित भइ उनले लौका खरिद गरेकी थिइन् । यस प्रकारको लौका जनकपुरधाम सहित प्रदेश दुइका विभिन्न जिल्लामा बिक्री भइरहेको पाइएको छ ।जानकारहरुका अनुसार त्यस किसिमका लौकाहरुमा विषादी प्रयोग गरिएका कारण काट्ने बित्तिकै भित्र कालो फेला पर्ने गरेको छ । गर्भवती महिलालाई प्रसुति सहज पार्न, रक्तस्राव कम गर्न, दूधको मात्रा बढाउन लगाइने ‘अक्सिटक्सिन’नामक हर्मोनको सुई लौकालाई रातारात फलाउन लगाइने गरिएको पाइएको आयुर्वेद विज्ञ डा।लक्ष्
सिरहा,पुष २२ गते – धनुषाबाट स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवक सशस्त्र प्रहरीको फन्दामा परेका छन् ।धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं.१ सिनुरजोडा बस्ने २३ वर्षीय अमित कुमार यादव सो परिमाणको रकमसहित बिहीबार पक्राउ परेका हुन् ।बिहीबार दिउँसो १२ः५० बजेको समयमा भारतबाट नेपाल भित्रिरहेको अवस्थामा धनुषाको नगराइन नगरपालिका २ स्थितबाट यादवलाई स्रोत नखुलेको सो परिमाणको रकमसहित पक्राउ गरेको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी गणेश ठाडाले टुडेपाटीलाई जानकारी दिए । प्रदेश २–०२–०० १ प ०४८०८ नम्बरको अपाचे मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याउँदै गरेको नगद विशेष सुराकीको आधारमा
सिरहा,पुष २२ गते – कास्की जिल्लाको विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौडा उपमहानगरपालिका– १ बस्ने १९ वर्षीय आशिष अर्याल, पोखरा महानगरपालिका– १३ काउँखोला बस्ने २५ वर्षीय अनिष खत्री र बाग्लुङ, बाग्लुङ नगरपालिका– ८ बस्ने १७ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरुमध्ये अर्याललाई पोखरा महानगरपालिका– २५ हेम्जाबाट नियन्त्रित लागूऔषध ६५ एम्पुल डाईजापाम, ६८ एम्पुल फेनारगन र ७३ एम्पुल नर्फिन, खत्रीलाई सोही महानगरपालिका– ३० पावरहाउसबाट नियन्त्रित लागूऔषध १५ एम्पुल डाईजाप
सिरहा,पुस २२ गते ।स्थानिय तहहको निर्वाचनको तयारी गरिरहदा सिरहा जिल्लामाा २९ हजार २ सय ७८ जना नायाँ मत दता थपिएको छ । १७ वटा स्थानिय तहमा जिल्ला निर्वाचन कार्यालय सिरहाले संचालन गरेको मंसिर १७ देखि पुस १८ सम्ममा पालिकाहरुबाट २२ हजार ८ सय ३६ र कार्यलय बाट ६ हजार ४ सय ४२ जना गरी जिल्लामाा २९ हजार २ सय ७८ जना नायाँ मत दता थपिएको हो । २०७४ सालको निर्वाचनको क्रममा सिरहा जिल्लामा ३ लाख ३२ हजार ८ सय ९४ जना मतदाता थिए । २०७४ को निर्वाचन पछि पनि निरन्तर मतदाता नामावली संकलन हुँदै आएपनि निर्वाचन कार्यालयले १ महिनाको विशेष अभियान चलाएको थियो । जिल्ला निर्वाचन कार्यालय सिरहा र जिल्ला प्रशासन कार्
सिरहा,पुष २२ गते – सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर ९२ हजार ३०० कायम भएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० कायम भएको छ। जसको मूल्य बुधबार प्रतितोला ९२ हजार ३०० तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्
काठमाडौं,पुष २२ गते – नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङका २८ वर्षीय अमृत सोतीमगर र व्यवस्थापक सर्लाहीका २४ वर्षीय समीर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।कामदार भिसामा पोर्चुगल जानका लागि प्रतिव्यक्ति रु १४ लाख लाग्छ र पोर्चुगलमा पुगेपछि मासिक रु एक लाख कमाइ हुन्छ भनी उनीहरुले चार जनासँग १० लाखका दरले रु ४० लाख लिएर ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.