सिरहा, पुस २६ गते । सितलहरबाट प्रभावित सिरहाको गोलबजार नपा ११ मा नेपाली सेनाले न्यानो कपडा र राहत बाडेको छ । चिसो प्रभावित विपन्न परिवारलाई नेपाली सेनाको श्री नं.२७ बाहिनी अडा र बहादुर श्री शेर गण, चोहर्वा व्यारेकले लागातार वढिरहेको चिसो हावासँगैको सितलहरबाट प्रभावित सिरहाको गोलबजार नपा ११ का २ सय घर परिवारलाई न्यानो कपडा र राहत बाडेको हो ।
विपन्न तथा गरिव ८० जना एकल महिला गरि १ सय २० परिवारलाई खाद्यान्न समाग्री, कम्वल, ज्याकेट, ब्याङ्केट लगाएतका न्यानो कपडा प्रदान गरिएको बहादुर श्री शेर गण चोहर्वाका सहायक रथी हेम राज केसिले जानाए ।

सितलहरका कारन अप्ठयारोमा परेका सदाय समूदायका, अपाङ्ग,जेष्ठ–नागरिक, बृद्ध, बालबालिका, गरिव विपन्न परिवारलाई हामीले खाद्यान्न सामग्री र चिसोबाट जोगिन न्यानो कपडाहरु गर्दै आएको सहायक रथी केसिले बताए । उनले भने, ‘नेपाली सेनाले सामाजिक दायित्व बोधगर्दै बाढी–पहिरो, भुक्मप प्रभावितलाई पनि सहयोग गर्दै आई रहेका छौं ।’
राहत वितरण क्रायक्रममा नेपाली सेनाका सहायक रथी हेम राज केसी , सुमन थापा, रेडक्रस सोसाइटी, स्थानीय युवा समाजसेवी सोयब अनबर लगायत बिभिनन समाजसेवी तथा कर्मचारीको उपस्थिति रहेको थियो ।
राहत वितरण कार्यमा हेसरा नेपाल, रेडक्रास सोसाइटी र एजिज फाउण्डेशन सहयोग गरेको छ ।




















