सिरहा,पुष २५ गते । नेकपा एमाले सिरहाको १० औं जिल्ला अधिवेशन सिरहाको लहानमा आज सम्पन्न भएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोख्रेलको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै यति बेला हाम्रो पार्टी र हाम्रो पार्टीको नेतृत्व विरुद्घ चौतर्फी घेरा वन्दी छ ,मोर्चा वन्दी भईरहेको छ । हाम्रो पार्टी अहिलेको अबस्थामा नेकपा एमाले एक ठाउँमा उभिएको छ ।
उनले थप्दैै भने नेकपा एमाले पार्टी र त्यसका नेताहरुले देशका, जनतका विरुद्घमा,विकास र समृद्घको विपक्षमा काम गरेका करणले घेरा वन्दीमा परेको हैन, नेकपा एमालेका विरुद्घ घेरा वन्दी राम्रो काम गरेको रुपमा हामीले बुझनु पर्छ बताउनुभयो ।
नेकपा एमालेको जिल्ला अधिवेशनमा सिरहाका भरीका नेता तथा कार्यकर्ताको उलेख्यनीय उपस्थिती रहेको थियो । उक्त कार्यक्रम नेकपा एमालेका जिल्ला अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो ।




















