विराटनगर,पुष २५ गते । पछिल्ला केही दिन यता मुलुकभर कोरोना सङ्क्रमणको दर बढेसँगै प्रदेश १ मा पनि सक्रिय सङ्क्रमण दर उकालो लागेको छ । पछिल्लो एक साताको अवधिमा ११७ सक्रिय सङ्क्रमित रहेकोमा यो दर बढेर शनिबारसम्म आइपुग्दा १९२ पुगेको छ । सङ्क्रमितको दर बिस्तारै बढेसँगै अस्पताल भर्ना हुने सङ्क्रमितको दर पनि बढेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।प्रदेश १ मा अति नै न्यून सङ्ख्यामा पीसीआर परीक्षण हुँदै आएकाले पनि सङ्क्रमितको सङ्ख्या थोरै देखिएको छ। शनिवार प्रदेश भरी जम्मा १ सय ६८ जनाको मात्र पीसीआर परीक्षण गरिएकोमा ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश सरकारले यसअघि
ललितपुर,पुस २५ गते । ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिने गरी विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भएको छ । अन्य व्यक्तिका लागि भने सःशुल्क सेवा प्रदान गरिने भएको छ ।“ललितपुर महानगरपालिकाले साझा यातायातसँग समन्वय गरेर विद्युतीय सवारीसाधन सञ्चालन गर्नेछ”, महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भन्नुभयो, “स्थानीय तहले विद्युतीय बस सञ्चालन गर्नेमा ललितपुर महानगरपालिका पहिलो स्थानीय सरकार हुनेछ ।”प्रारम्भिक चरणमा चारवटा विद्युतीय सवारीसाधन सञ्चालन गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ । आवश्यकताका आधारमा अरू छवटा विद्युतीय सवार
जनकपुर,पुष २४ गते । मध्य मंसिरमा जनकपुर रेल्वे स्टेशनमा पुगेकी भौतिक पूर्वाधार तगा यातायात मन्त्री रेणु यादवले भनेकी थिइन्, ‘रेल सञ्चालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन पास भइसकेको छ, अब बढीमा एक महिनाभित्र रेल सञ्चालन हुन्छ, तपाईंसँग मेरो प्रतिवद्धता हो ।’तर, मन्त्री यादवले प्रतिवद्धता जनाएको एक महिना पूरा हुँदा पनि रेल संचालनको टुंगो छैन । हुन त रेल संचालनको प्रतिवद्धता जनाउने मन्त्रीको संख्या नै तीन नाघिसकेको छ । यसअघिका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पनि यस्तो प्रतिवद्धता पटकपटक गरेका थिए । त्यसकारण मन्त्री यादवले रेल चलाउने प्रतिवद्धता गरिरहेका सर्वसाध
काठमाडौं,पुष २४ गते – नेपालले पछिल्लो करिब सात वर्षदेखि नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग छलफल गर्दै आएको छ। भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी हवाईमार्ग प्रवेशका लागि भारत सरकारसँग छलफल गर्दै आएको छ। नेपाल–भारतबीच हुने कुनैपनि किसिमका उच्चस्तरीय भेटवार्तामा नयाँ हवाइमार्गको सम्बन्धमा छलफल हुने गरेको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने बताउँछन्। आगामी आइतबारदेखि हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा पनि यो मुद्दाले प्रवेश पाउन सक्ने बताइएको थियो। तर, प्रधानमन्त्रीको भ्रमण नै रद्द भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले
वीरगञ्ज,पुष २४ गते – वीरगञ्जमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२४ रानीघाट बस्ने ६० वर्षीया चन्द्रवती देवी कुर्मीको मृत्यु भएको हो ।पुस २० गते दिउँसो आगो ताप्ने क्रममा उनको खुट्टा र कपडा जलेको थियो । वीरगञ्जकै नारायणी अस्पतालमा उपचार भइरहेकामा शनिबार बिहान चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए
दाङ,पुष २४ गते – बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शनिबार बिहान जंगलमा पात टिप्न जानेक्रममा राप्ती सोनारी गाउँपालिका वडा नं. ६ हब्रहवाकी ३० बर्षीया चाँदनी चौधरीलाई बाघले आक्रमण गरेको थियो ।चौधरीको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बिहीबार मात्रै राप्ती सोनारी वडा नं. ४ की ५२ वर्षीया महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो
सिरहा,पुष २४ गते – सप्तरीको राजगढ गाउँपालिकास्थित बनैनियाबाट प्रहरीले दुई यूवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । भारतीय बजारबाट साइकलमा सवारहुँदै लागुऔषध बोकेर आइरहेका सप्तरीको विष्णुपुर गाउँपालिका ४ बस्ने २३ वर्षिय श्यामकुमार यादव र तिलाठी कोइलाडी गाउँपालिका ८ बस्ने २० वर्षिय परमानन्द महतोलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रतिबन्धित एसपिएम प्रोकिसभन ४०८ र नाइट्राभेट १० चार थान र डाइलेक्स डिसि १०० एमएल चार बोतल बरामद गरिएको प्रहरीले जनाएको छ । बिहीबार साँझ भारतीय सीमासँग जोडिएको बनैनिया क्षेत्रहुँदै लुकिछिपि साइकलमा आउँदै गरेका उनीहरु
सिरहा,पुष २४ गते – बाल विवाह न्यूनीकरण र लागुऔषध दुर्व्यसन रोकथामका लागि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक विद्यालय पुग्न थालेका छन् । राजबिराज नगरपालिका–१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय पुग्नु भएका प्रजिअ जनार्दन गौतमले बालविवाह न्यूनीकरणमा विद्यार्थीहरुको सक्रिय भूमिका रहने बताए । बालविवाहले निम्त्याउने असर र यसको न्यूनीकरणका लागि विद्यार्थीले निर्वाह गर्नसक्ने भूमिकाबारे उनले जानकारी गराए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अविनारायण काफ्लेले समाजमा विद्यमान बाल विवाह र लागु औषध दुर्व्यसनको अवस्था र कानूनी प्रावधानबारे जानकारी गराउनाका स
वीरगञ्ज,पुष २४ गते – वीरगञ्ज महानगरपालिका– १६ नगवामा एक बालिकाको शव भेटिएको छ ।वीरगञ्ज– १५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो । घोप्टो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । निर्माणधीन घरको चेपमा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ( डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।शव निकाल्ने, घटनास्थल शव जाँच मुचुल्का तयार गर्नेलगायत अनुसन्धानका काम भइरहेको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइने प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरी नायब उपरीक्षक
सिरहा,पुष २४ गते – प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा हिजो उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानुन बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको बताए । “क्यान्सर पीडितले पहिलादेखि नै उपचारका लागि एक लाख राहत पाउदै आएका छन । मुख्यमन्त्री राउले भन, “अेब प्रदेश सरकारले कानून बनाएरै मासिक भत्ता दिन लागेको छ ।” लहानमा स्थापना हुन लागेको क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्य
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.